बिरगंजको होटल ज्योती प्यालेस यौन अखडा बन्दै

बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय भन्दा सय मिटर पश्चिम भारतीय महावाणिज्य दूतावासको उत्तर पट्टि रहेको होटल ज्योति प्यालेसमा अहिले यौन व्यावसाय व्यापक फस्टाएको छ । किशोरी उमेरदेखिका युवतीहरुदेखि अधवैसे युवतीहरु होटलमा खुलेयाम यौन व्यावसाय गरि रहेका छन् ।

यसरी यौन धन्दा फस्टाएको र यस्ता यौन व्यवसायका लागि संचालन रहेको होटलका कारण पर्सा लगायत अन्य थुप्रै जिल्लाबाट पढ्न आएका किशोर किशोरीहरुसमेत बिहान पढ्न आएपनि विद्यालय नगई यौन धन्दामा लागेका छन् ।

होटल ज्योती प्यालेस सहित, लिंक रोडमा रहेको होटललगायत बसपार्क क्षेत्रभित्रै रहेका होटलदेखि आसपास क्षेत्रका होटलहरुमा अर्धनग्न बस्त्र लगाएका किशोरी तथा महिलाहरु यौन व्यवसायका लागि ग्राहक कुरिरहेका सहजै तरिकाले देख्न सकिन्छ ।

यसले गर्दा त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पनि दुःख खेप्नुपर्ने अवस्था सृजना भएको छ । होटल ज्योती प्यालेसमा फस्टाएको यौन धन्दाले आसपास बस्ने सर्वसाधारण लगायत आसपास क्षेत्रमा संचालन रहेको विद्यालयमा समेत असर परेको स्थानिय बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको नाकै मुनि तथा भारतीय महावाणिज्य दूतावास वीरगन्जको उत्तर पट्टि संचालन रहेको होटल ज्योती प्यालेसमा यसरी खुल्ययाम यौन धन्दा फस्टाएकोमा प्रहरी माथि पनि शंका उत्पन्न हुन थालेको छ ।

होटल ज्योती प्यालेस नजिक २४ घण्टा प्रहरीको निगरानी भएपनि यौन व्यवसाय व्यापक फस्टाएकोमा पर्सा प्रहरी माथि शंका उत्पन्न भएको हो ।

केही दिन अघिसम्म राति राति बसपार्क क्षेत्रलगायत बाइपास सडकमा तेश्रो लिङ्गीहरुले यौन व्यवसायका लागि ग्राहक खोज्ने गरेको अवस्थामा हाल आएर किशोरी तथा अधवैशे महिलाहरु नै यौन व्यवसायमा सक्रिय भएका छन् । तेश्रो लिङ्गीहरु अहिले विरगन्ज चण्डाल चोक, आइसिपी, अलौ लगायतको मेनरोडमा ग्राहक कुर्ने गरेका छन् । होटल ज्योती प्यालेस लगायत बसपार्क क्षेत्रमा रहेका सानो एउटा खाजा खाने होटलमा १० देखि १५ जना किशोरी युवती तथा अधवैशे महिलाहरु यौन व्यावसायका लागि राखिएका छन् ।

भारतीय महावाणिज्य दूतावास अगाडि रहेको प्रहरी बिटको उत्तर पट्टि रहेका होटलमा खुलेयाममा यौन व्यवसाय हुने गरेको छ । त्यही प्रहरी ड्युटी गरिरहेका हुन्छन्, त्यही प्रहरीकै अगाडिबाट यौन व्यवसायीहरु होटलमा गएर यौन क्रियाकलाप गर्ने गरेका छन् । पर्सा प्रहरी लगायत होटल अगाडी प्रहरी बिटलाई यौन व्यवसायी होटलका साहुले महिनावारी रकम बुझाउने गरेका कारण प्रहरीले आँखा चिम्लिने गरेको बताइएको छ ।

वीरगन्जमा यौन व्यवसाय अन्त्य नै भइसकेको अवस्थामा पर्साका घुमुवा प्रहरीको संरक्षणमा खुलेयाम यौन व्यवसाय हुने गरेको स्थानीयहरुको भनाई छ । उनीहरुका अनुसार त्यस क्षेत्रमा एउटा प्रतिष्ठित व्यक्तिलाई आउजाउ गर्न समेत गाह्रो भएको छ । दिनदहाडै युवतीहरु ग्राहक खोजी रहेका हुन्छन्, बाहिरबाट आएका युवाहरुले होटलका दलाल महिलाले बोलाएर बार्गेनिङ्ग गरि यौन व्यवसाय गर्ने गरेको उनीहरुको भनाई छ । यसबाट त्यस क्षेत्रमा हिँड्ने अन्य महिलाहरु पनि असुरक्षित रहेको स्थानीयहरुको भनाई छ । अब जो सुकै युवाहरु बाहिरबाट आएपछि त्यस क्षेत्रमा हिँड्ने महिलाहरुलाई यौन व्यवसायी नै सम्झन्छन्, जसले गर्दा प्रतिष्ठित व्यक्तिलाई त्यस क्षेत्रमा हिँड्न समेत गह्रो भएको छ, प्रहरी त स्वयमँ उनीहरुलाई संरक्षण गर्ने गरेको स्थानीयहरुको भनाई छ ।

Facebook Comments Box
TOP
Shares