

बन्द आँखाले सात छोरीको लालनपालन
दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ। त्यो पनि उनले करिब करिब पार लाएकी छन्। उनमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन्। यस्तैमा पतिको पनि निधन भएपछि आठमध्ये सात छोरीको लालनपालन र पठनपाठनको जिम्मा उनकै काँधमा आएको हो। चमेलीका आठ छोरीमध्ये जेठीको मात्र विवाह भएको छ। जुम्ल्याहा माइली र साइँली १२ कक्षामा पढ्छन् । काइँली ८ मा, ठाइँली ६ मा, अन्तरी ५ मा, जन्तरी ३ मा र कान्छी १ कक्षामा अध्ययनरत छिन्। यी सबैको जिम्मेवारीले उनलाई थिचेको छ। चमेलीका आँखामा सानै उमेरदेखि धमिलो देख्ने र टाढाको वस्तु नदेख्ने समस्या थियो तर १५ वर्षअघि चौथो छोरी जन्मिएपछि भने चमेलीका दुवै आँखाका ज्योति पूरै गुमे। आँखा बन्द भएपछि पनि सन्तान जन्मिने क्रम भने रोकिएन। उनका थप चार छोरी जन्मिए।
चमेलीका श्रीमान् अम्बरबहादुर ठाडामगरले उपचारका लागि बुँताले भ्याएसम्म गरे। थाहा पाएसम्मका अस्पताल घुमाए । ठाउँठाउँमा सञ्चालन हुने आँखा शिविरमा पनि पु-याए तर काम लागेन। उनको आँखाको ज्योति फर्किएन।
यस्तैमा चमेलीको जीवनमा अर्को बज्रपात आई लाग्यो। जीवनको सहारा पतिलाई पनि उनले गुमाइन्। श्रीमान् पनि गुमाएपछि संसार देख्ने उनको इच्छा हरायो। साना छोरीलाई कसरी हुर्काउने भन्ने चिन्ता थपियो। यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



