अवैध रुपमा लगाएको गाँजा तथा अफिम खेती नष्ट

मकवानपुर माघ २४  । राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिका अन्तर्गतका वडा एरियाको २९ बिगाह १० कठ्ठामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा र २१ विगाहमा लगाएको अवैध लागूऔषध अफिम खेती गत शुक्रबारदेखि आइतबारसम्ममा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा, बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र  प्रहरी बल नेपाल समेतको संयुक्त टोलीले अवैध रुपमा लगाइएका उक्त खेती फडानी गरी नष्ट गरेको हो । साथै प्रहरीले २ सय किलो बराबरको सुकाई राखेको लागूऔषध गाँजा समेत नष्ट गरेको छ ।

Facebook Comments Box
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
१८ घण्टा अगाडि

1.4kViews 347 Shares Share on Facebook Share on Twitter काठमाडौं । राजधानी काठमाडौंका सडकमा सवारी अनुशासनको अवस्था कति कमजोर छ…

TOP
Shares