

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
काठमाडौँ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औँसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदै छ।
‘पितृदेवो भवस्’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।
आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।
भाद्र कृष्ण औँसीकै दिन वर्षभर देव कार्य, पितृ कार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ।
हिन्दुहरूले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्। कुशलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ ।
आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ।
औँसी बाहेकका दिन उखेलिएको कुश भने त्यस दिन मात्र प्रयोग गर्न सकिने धार्मिक विश्वास छ।
कुशे औँसीका दिन काठमाडौँको गोकर्णेश्वरमा ठुलो मेला लाग्छ । जस कारण आजको दिनलाई गोकर्ण औँसीको नाम पनि दिइएको छ।
कुशे औँसीका दिन विशेष गरेर उत्तरगयाले प्रचलित काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरू मोक्ष भई स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख छ।
आजको दिन काठमाडौँमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरूमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ ।
पशुपति, गौरीघाट, देवघाट लगायतका तीर्थस्थलहरूमा पनि भक्तजनहरूको भीड रहेको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



