प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै

तनहुँ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

हाल दमौली अस्पताल १५ शय्यामा सञ्चालन भइरहेकामा सरकारले स्तरोन्नति गर्ने निर्णय गरेसँगै सोहीअनुसार दरबन्दी थप हुने अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । उनका अनुसार १५ शय्या स्वीकृतिको अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ ।
अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको डा बरालले बताए । उनले भने, ‘बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेको जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।’

उनका अनुसार अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । विशेषत्र चिकित्सक ३१, नर्स ३६, प्रयोगशालाका कर्मचारी छ, प्रशासनका कर्मचारी सात, १३ जना अन्य प्रविधिक र २२ जना सहायक सेवामा कार्यरत रहेका उनले जानकारी दिए ।  अस्पतालले गत आर्थिक वर्षमा ९८ हजार ३५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा.बरालले बताए ।वि.सं २०३४ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भई वि.सं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो । अस्पतालमा फोहरपानी र फोहरमैला व्यवस्थापनका लागि ‘अटोक्लेप्स’सहित भवन निर्माण, आँखासम्बन्धी सेवा सञ्चालन, अत्यधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्यधुनिक ल्याब, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएको दुई वटा मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । रासस

Facebook Comments Box
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
१६ घण्टा अगाडि

1.9kViews 162 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवसँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा फैलाइएको…

TOP
220 Shares