

छोटै समयमा प्रदिप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडीयो डीजी साप ?
काठमाडौं भदौ १२ । नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’का महानिर्देशक प्रदीप अधिकारी विभिन्न परियोजनाको ‘प्रोजेक्ट म्यानेजर’ हुँदा जुटाएको मध्येको ठूलो धनराशी खर्चेर महानिर्देशक भएको प्रष्टीँदै आएको छ।
छोटो समयमै ‘क्यान’ अन्तर्गतका परियोजनाको आयोजना प्रमुख बनेर उनले करोडौ कमाएका थिए । यतिसम्म कि, अर्काको नाममा दर्ता गर्न लगाएर पनि उनले परियोजनाको कन्सल्टेन्ट कम्पनीसमेत आफैँले चलाएका छन् ।
पूखौंली घर लमजुङ रहेका अधिकारी चितवनको चैनपूर बसोबास गर्दै आएका थिए । २०६४ मा सिभिल इन्जिनियरको रुपमा प्राधिकरणमा ७ औँ तहमा छिरेका उनी अहिले ११औँ तहमा छन् । सँगै, प्रवेश गरेकाहरु ९ औँ तहमै सिमित छन् । तर उनी आफूभन्दा बरिष्ठलाई पन्छाएर प्राधिकरणको महानिर्देशक बन्न सफल भएका छन् ।
विगतमा प्रत्येक परियोजनामा फरक-फरक व्यक्ति आयोजना प्रमुख रहँदै आएकोमा अधिकारीले आर्थिक प्रभावमा पारेर तत्कालिन प्राधिकरण महानिर्देशक सन्जिव गौतम महानिर्देशक भएपछि पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजनामा प्रमुख बनेर आर्थिक रुपमा दाँई खेल्ने कसरत सुरु गरेका हुन् । ३ वटै ठूला परियोजनाको आयोजना प्रमुख भएकै बेला उनी ‘सिभिल चिफ’ पनि बने । एकातिर ठूला आयोजनाको आयोजना प्रमुख र अर्कोतिर कार्यालयको ‘सिभिल चिफ’ बनेर उनले गर्नुसम्मको आर्थिक घोटला गरेको बताइन्छ ।
स्रोतका अनुसार अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्ध परेका आर्थिक अनियमितताका उजुरी उपर गोप्य ढंगबाट छानविन भइरहेको छ भने सम्पत्ति सुद्धीकरण विभागले पनि प्राप्त उजुरी उपर आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ । लुकाएको धन त लुकाएकै भयो, देखाएकै अर्थात अनियमितरुपमा जोडेको धनले छोटै समयमा ललितपुर महानगर पालिका १५ खुमलटारस्थित ‘खुमलटार हाईट मार्ग पूर्व’मा विशाल महल खडा गरेका छन् । आधुनिक मात्र नभएर आलिसान घर नम्बर २८४ को निर्माणमा लागेको खर्चले पनि प्रदिप अधिकारीको सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउने गरेको छ ।
महानिर्देशक अधिकारी अवस्था अनुसार सम्वन्ध गाँस्न खप्पिस छन् । उनले गोरु बेचेको समेत साइनो नपर्ने तर आफूलाई महानिर्देशक बनाएर गुण लगाउने तत्कालिन पर्यटन मन्त्री प्रेम आलेलाई सार्वजनिक रुपमै ‘दाई’ सम्वोधन गर्थे । अधिकारीले आलेसँग मात्रै होईन, यसअघिका ३ जना पर्यटन मन्त्रीसँग पनि यस्तै खालको सम्बन्ध बनाएर ‘प्यारो’ बन्दै मालदार परियोजनाहरु आफ्नो ‘कमाण्ड’मा राख्ने गरेको उनलाई बुझ्नेहरु बताउँछन् । स्वर्गीय रवीन्द्र अधिकारी, त्यसपछि पर्यटन मन्त्री बनेका योगेश भट्टराई र भानुभक्त ढकालदेखि पछिल्लो समय प्रेम आले र हालका पर्यटमन्त्री जीवनराम श्रेष्ठ सम्मलाई उनले ‘आफ्नो’ बनाईसकेका छन् ।
यतिसम्म की, खुमलटार, बालुवाटार, कोटेश्वर, तत्कालिन पर्यटनमन्त्री प्रेम आले र पर्यटन सचिव महेश्वर न्यौपाने ‘साउन १६ गते रिटायर्ड’लाई गरी मोटो रकम भेटि चढाएर आफूभन्दा वरिष्ठलाई पन्छ्याउँदै प्रदीप अधिकारी महानिर्देशक बनेको चर्चा आज पनि प्राधिकरण भित्र चल्ने गर्छ । प्रशासनिक तर्फका सिनियर १२ औं तरहका आधा दर्जन व्यक्तिहरु भोलाप्रसाद गुरागाईं, प्रतापबहादुर तिवारी, हंशराज पाण्डेय, देवचन्द्रलाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर लाई पन्छाएर ११ औं तहका प्राविधिक सिभिल इन्जीनियर के-कसरी महानिर्देशक बनाइए ? आफैँमा उदाहरण बनेका प्रदिप अधिकारी नै जवाफविहीन छन् । तर, उनी आफैँ अब ८ वर्ष आफू क्यानको महानिर्देशक बन्ने ठोकुवा गर्दै हिँड्ने गर्नुले उनको मिलीभगत को-कोसँग होला ? कल्पना मात्र गरौं ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



