पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो।

पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए।पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ। पहिराले सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन्।रासस

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१८ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares