म्यादी प्रहरीका लत्ताकपडाको जिम्मा विवादास्पद व्यापारीलाई

 

काठमाडौं । आउँदो संघिय एवम् प्रदेश निर्वाचनका लागि भर्ति आह्वान गरिएका म्यादी प्रहरीका लागि लत्ताकपडाको जिम्मेवारी विवादास्पद व्यापारी मनोज भारतीलाई दिने तयारी भइरहेको छ । यसअघि, स्थानीय निकाय निर्वाचनमा पनि ५ नम्बर प्रदेशका जिल्लामा म्यादी प्रहरीका लत्ताकपडा उनै भारतीले सप्लाई गरेका थिए ।
प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीसँग निकट सम्वन्ध बनाएका व्यवसायी भारतीको गृह मन्त्रालयमा पनि उस्तै पहुँच रहेकाले यस पटक ५ नम्बर प्रदेश सहित अन्य प्रदेशमा पनि उसैलाई सप्लाईको जिम्मा दिने तयारी भइरहेको स्रोतको दावी छ ।
सुरक्षा संयन्त्रमा सप्लायर्सको काम गर्दै आएका मनोज भारती विवादास्पद र भरपर्दाे नभए पनि उनले प्रहरीका उच्च अधिकारी र गृह मन्त्रालयका प्रभावशाली व्यक्तित्वसँग कसरी पहुँच बनाए भन्ने चासो लाग्दो छ ।
प्रहरीका लत्ताकपडा, जुत्ता, सिलीपीड्ग व्याग लगायतका समान सप्लाई गर्दै आएका व्यवसायी मनोज भारतीले जहिल्यै गुणस्तरहिन अर्थात् कमसल समाज सप्लाई गरेको भन्दै प्रहरीका तल्लो तहका कर्मचारीको गुनासो आइरहे पनि उच्च अधिकारीसँग समन्वय राम्रो रहेकाले उनलाई नै सप्लाई ठेक्का निरन्तर उपलब्ध छ ।
टेण्डरमा जानु नपर्ने र सरकारले नै प्रति म्यादी प्रहरीका लागि आवश्यक बन्दोबस्तीका सामानको मुल्य नै तोकिदिएकाले नाफा राम्रो हुने भएकाले प्रायजसो जिल्लाका म्यादी प्रहरीको सप्लाई जिम्मा आफैँले लिन भारतीको दौडधूप चलिरहेको छ भने यता प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबाट समेत जिल्ला जिल्लाका प्रहरी प्रमुखलाई उही मनोज भारतीलाई लत्ताकपडाको जिम्मा दिन आदेश भइसकेको स्रोतले बतायो । यसो गर्दा राम्रो र मोटो कमिशन हात पर्ने बुझाई गृह र प्रहरीका प्रभावशाली व्यक्तित्वको छ ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि

2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares