सल्यानका प्रहरी प्रमुख डा. हेम बहादुरको भाषण सामाजिक सञ्जालमा भयो भाइरल !

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) डा. हेम बहादुर केसी अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा छन् ।

केही दिनअघि नागरिक सुनुवाइ तथा परिचयात्मक कार्यक्रममा दिएको भाषण सार्वजनिक भएपछि डा. केसीको प्रशंसा चुलिएको हो । जिल्ला कमाण्ड सम्हाल्न पुगेका डा. केसीले परिचयात्मक कार्यक्रममा आफू जनताको सेवक भएको भावनात्मक शैलीमा सम्बोधन गरेका थिए ।उनको उक्त सम्बोधनले सामाजिक सञ्जालमा चर्चा बटुलेको हो । जनताको करबाट रोजीरोटी चलाएको भन्दै उनले आफू जनताको नोकर भएको बताए । उनले भने, “म जनताको कर खाएर रोजगारीमा छु, म जनताको नोकर हुँ । सेवा गर्न आएको हुँ ।”कार्यक्रममा उनले देशमा कोही ठूलो छ भने त्यो ‘जनता’ नै भएको स्पष्ट पारे। “देशमा प्रधानमन्त्री पनि छैन, राष्ट्रपति पनि छैन, सबैभन्दा ठूलो यदि कोही छन् भने त्यो जनता हुन्,” उनले भने ।जनताको लागि जस्तोसुकै मूल्य चुकाउनु परे पनि आफू तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा उनले प्रहरीको सक्रिय सहभागितामा तीन दिनमै लगभग १० किलोमिटर सडक निर्माण गरिएको जानकारी गराए ।“मैले आफ्नै कमाण्डमा ५० जना प्रहरी परिचालन गरेर सडक बनाइरहेको छु,” उनले भने । २५ किलोमिटर बाटो बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।

सिर्जनशील र सेवामुखी सोचसहित प्रस्तुत भएका डा. केसीले गरिबीकै कारण कसैको झुपडी भत्किन लागेको अवस्थामा पनि प्रहरी सहयोगका लागि तत्पर रहेको घोषणा गरे।“यदि कोहीसँग घर छैन, झुपडी भत्किन लागेको छ भने नेपाल प्रहरीलाई सम्झनुहोस्। दुईवटा गाडी प्रहरी लिएर सात दिनभित्र बनाइदिन्छु,” उनले भने ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
313 Shares