सभापति देउवाको टाउको र गर्धनमा गम्भीर चोट छ, १२ वटा टाँका लगाइएको छ: कांग्रेस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडी भाग र गर्धनमा गरी दुई ठाउँमा चोट लागेको र १२ वटा टाँका लगाइएको छ।
भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका देउवा दम्पतीमाथि प्रदर्शनकारीले आक्रमण गरी घाइते बनाएका थिए।
केही समयपछि नेपाली सेनाले उद्धार गरी उनीहरूलाई शिवपुरी लगेर उपचारको व्यवस्था गरेको थियो। देउवा दम्पती अहिले पनि शिवपुरीमै छन्।
सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि कुरा उठेको छ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी आएको बताए।
‘सभापतिज्यूले दिनुभएको जानकारीअनुसार टाउकोको पछाडीपट्टी गम्भीर चोट छ र त्यसमा करिब १२ वटा टाँका लगाइएको छ, त्योभन्दा तल गर्धनमा पनि चोट छ, दुवै चोट निको हुँदै गएको अवस्था छ, उहाँ सामान्य बोलचाल गर्नुहुन्छ, हिँड्नुहुन्छ,’ उनले भने।
सभापति देउवा पार्टीका साथीहरूसँग संवाद गर्ने अवस्थामा रहेको पनि उनले बताए। ‘उठ्दा चक्कर लाग्ने, बोल्दा असजिलो हुने देखिएकोले अझै केही दिन उपचारमै रहनुहुन्छ,’ उनले भने।
देउवा पत्नी आरजु राणा देउवाको पनि स्वास्थ्यमा सुधार आएको उनले बताए। घाउको प्रकृति हेर्दा उनीहरूमाथि सिसा, रड वा धारिलो हतियार प्रहार भएको हुन सक्ने अनुमान छ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि

2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
257 Shares