
रोनाल्डोको गोलमा म्यानचेस्टरको जित
क्रिस्टियानो रोनाल्डोको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा जित निकालेको छ ।
युनाइटेडले मोल्दोभालाई उसकै मैदानमा २–० ले हराउने क्रममा अर्को गोल जेडान सान्चोले गरे।
खेलको १७ औं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले सुरूवाती अग्रता लियो। 
३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। प्याट्रिक केपोजोले पेनाल्टी बक्समा डिएगो डालोटलाई फउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा रोनाल्डो चुकेनन्।
यो सिजनमा रोनाल्डोको यो पहिलो गोल हो।
दोस्रो हाफमा थप गोल निस्कन नसक्दा युनाइटेडले पहिलो जित निकाल्न सफल भयो।
यही समूह ‘ई’ को खेलमा स्पेनिस क्लब रियल सोसिडाडले लगातार दोस्रो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ। सोसिडाडले साइप्रसको ओमोनिया निकोसियालाई २–१ ले पराजित गरेको छ ।योसँगै सोसिडाड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो जित निकालेको युनाइटेड ३ अंक जोडेर दोस्रो स्थानमा छ । ३ अंक नै रहे पनि सेरिफ हेड टु हेडमा तेस्रोमा छ। एजेन्सी
समाज
थप सामाग्री-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
२४ घण्टा अगाडि
2.0kViews 418 Shares Share on Facebook Share on Twitter तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत पावरहाउस नजिक पृथ्वी राजमार्गमा बुधबार बिहान…



