
सशस्त्रका डीआईजी वंशीराज दाहाल एआईजी बढुवा सिफारिस
काठमाडौं, ७ असोज । सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको मिति बिहीबारको बैठकले उनलाई बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुले सात दिनभित्र बटुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने बताइएको छ ।
गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीमा थप एक एआईजी दरबन्दी स्वीकृत गरेको थियो। सशस्त्र प्रहरी मुख्यालयका अनुसार कार्य तथा सीमा सुरक्षा विभागलाई अलग-अलग पारिएको छ। यसअघि उक्त विभाग एउटै थियो ।
यसअघि सशस्त्र प्रहरीमा दुई जना अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी रहेकोमा अब तीन पुगेको छ ।
दाहालको ब्याचमेटबाट राजु अर्याल महानिरीक्षक बनेका थिए। त्यही ब्याचबाट यसअघि अतिरिक्त प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम (सीपी) बढुवा भइसकेका छन् ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



