

उपत्यकामा दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह २०८२ को भव्य शुभारम्भ
काठमाडौं । उपत्यकामा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने र आम नागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को आज भव्य शुभारम्भ गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा शनिबार बिहान काठमाडौँको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघरबाट सचेतनामूलक र्यालीको आयोजना गरिएको थियो। र्याली नगरका विभिन्न भाग परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको हो।
सचेतनामूलक र्यालीमा प्रहरी अधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, ट्राफिक स्वयंसेवक तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले हात–हातमा ट्राफिक नियमसम्बन्धी प्लेकार्ड र ब्यानर बोकेर आम नागरिकलाई सडक सुरक्षाबारे सन्देश दिएका थिए।
र्यालीमा ‘ट्राफिक नियम मिचेकोमा गर्व होइन, लाज मानौँ’, ‘मापसे गरी सवारी नचलाऔँ’, ‘लेनको पालना गरौँ’ लगायतका सन्देशमूलक नाराहरू गुञ्जिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सडक सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको स्पष्ट पारे। उनले सवारी नियमको पूर्ण पालनाले मात्रै सडकमा हुने मानवीय तथा भौतिक क्षति न्यून गर्न सकिने उल्लेख गर्दै नागरिकस्तरबाटै जिम्मेवार व्यवहार अपनाउन आग्रह गरे।
एक साता सञ्चालन हुने यस ट्राफिक सप्ताहअन्तर्गत सचेतनामूलक कार्यक्रम, निगरानी, कारबाही तथा विद्यालय–समुदाय केन्द्रित अभियानमार्फत सडक सुरक्षालाई प्रभावकारी बनाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



