काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ। बाग्मती प्रदेशका मुख्य मन्त्री तथा नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाकाे प्रमुख अतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएकाे हाे।

कार्यक्रममा बाेल्दैँ कार्यक्रमका प्रमुख अतिथि बाँनियाले ढुवानी व्यवसाय प्रवाभकारी बनाउन आवश्यक रहेको बताएका छन्। उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो भोग्नु पर्ने भएकोले यस क्षेत्रको कार्य कार्यन्वयन गर्न स्थानिय सरकारलाई समेत आग्रह गरेका छन्। साथै बाँनियाले जेन्जी आन्दोलनमा पूर्ण रुपमा ध्वस्त भएका सवारी साधनहरुको यस आर्थिक वर्षको कर छुट गर्ने निर्णय गरेको समेत जानकारी दिए।

उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ। दुनियाँमा ढुवानी व्यवस्था प्रवाभकारी हुदाँ हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ। त्यसकारण ढुनानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो। यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो। यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान गर्नुपर्छ।’

संघका अध्यक्ष पुष्पराज श्रेष्ठले ढुवानी व्यवसाय देशको मेरुदण्ड रहेको बताएका छन्। उनले यस संघले देशको दुर्गम तथा ग्रामीण क्षेत्र सहित विभिन्न ठाँउमा ग्राहकहरुलाई समयमा प्रभावकारी सामान पुराउने उदेश्य बोकेर अगाडी बढेको बताउदैँ संस्थाले सामाजिक कार्यमा पनि विषेश जोड दिने गरेको जानकारी गराए। साथै उनले सामान ओसारपोसार गर्ने क्रममा ढुवानी व्यवसायीहरुले अनावश्यक दुख भाेग्नु परेको बताउदैँ सरकारलाई स्पष्ट एकिकृत ढुवानी ऐन कार्यविधि सुनिश्चित गर्न समेत आग्रह गरे।

कार्यक्रममा बाेल्दै वागमति प्रदेश सांसद उद्दव थापा, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारी लगायतले ढुवानी व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउनुदै लानुपर्नेमा जाेड दिएका थिए।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
216 Shares