

बेनीमा आजदेखि ‘खाना महोत्सव’सुरु
म्याग्दी । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज (बुधबार) देखि जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म ११औँ माघे सङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रदर्शनी आयोजना गरेको हो ।
बेनीमा परम्परागत रूपमा लाग्ने माघे सङ्क्रान्ति मेलाको संरक्षण, पुस्तान्तरण तथा कला, संस्कृतिको प्रवर्द्धन गर्ने, स्थानीय खाना, कला, मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिए ।
स्थानीय उद्यमी, कृषक र औद्योगिक उत्पादनका ५० वटा कक्ष (स्टल) रहने महोत्सवमा खाना खाने, पेन्टिङ, लोक नृत्य, कृषि तथा पशुजन्य वस्तुको प्रदर्शनी, परम्परागत खेल, झाँकीको साथै कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए ।महिला उद्यमीहरूबिच बच्चाको टोपी, दुना टपरी र बाटेको धूप बनाउने प्रतियोगिता आयोजना गरिएको छ । कृषि विकास कार्यालयले फलफूल, तरकारी, खाद्य बाली र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपक्षी प्रदर्शनी गर्ने भएका छन् ।महोत्सवमा स्थानीय उत्पादनको निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने जनाइएको छ । महोत्सव उद्घाटन अघि बेनीमा सांस्कृतिक झाँकीसहितको र्याली निकालिने तयारी भएको छ ।महोत्सव सञ्चालनका लागि रु २१ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ । कक्ष भाडा, प्रायोजक र सहयोगमार्फत आर्थिक सहयोग जुटाएर निःशुल्क महोत्सव अवलोकनको व्यवस्था मिलाइएको महिला उद्यम विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताइन् ।
कक्ष निर्माणका साथै सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरेर सुरक्षाको तयारी पनि गरिएको जनाउँदै उनले मेलालाई म्याग्दीको साझा कार्यक्रम बनाइएको बताइन् । म्याग्दी उद्योग वाणिज्य सङ्घले हरेक तीन/तीन वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले महोत्सव नहुँदाको वर्ष माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ ।
म्याग्दीमा बाहुल्य बसोबास रहेको मगर समुदायले माघे र साउने सङ्क्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसङ्ख्यक छन्त्याल समुदायको सबैभन्दा ठुलो पर्व पनि माघे सङ्क्रान्ति हो ।
साउन सङ्क्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई वर्खा सुरु हुने दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको जिल्ला सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि नै माघे सङ्क्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



