एआईजी राजन अधिकारीद्वारा कोशी प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन

विराटनगर ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण, अनुगमन तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
निरीक्षणका क्रममा एआईजी अधिकारीले प्रदेश प्रहरी कार्यालयअन्तर्गत सञ्चालनमा रहेका प्रशासनिक, परिचालन तथा मानवस्रोत व्यवस्थापनसम्बन्धी गतिविधिहरूको समीक्षा गर्दै कार्यरत प्रहरी कर्मचारीहरूलाई अनुशासन, सेवा प्रवाहको गुणस्तर, नागरिकमैत्री प्रहरी सेवा तथा व्यावसायिक दक्षता अभिवृद्धिमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।
उहाँले संगठनको सुदृढीकरण, कार्यक्षमताको वृद्धि र जनविश्वास अभिवृद्धिका लागि सबै तहका प्रहरी कर्मचारीहरू जिम्मेवार, इमानदार र प्रतिबद्ध भएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो । साथै, मानवस्रोत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप चुस्त-दुरुस्त बनाउन निर्देशन दिनुभयो ।
निरीक्षण तथा निर्देशन कार्यक्रमले कोशी प्रदेश प्रहरी कार्यालयको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
403 Shares