

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता : २८ मतदान केन्द्र कायम
जोमसोम । आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि यहाँको थासाङ गाउँपालिकास्थित पाँचवटा मतदानस्थल तथ मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली र स्थानीय सञ्चारकर्मी लगायतको संयुक्त टोलीले मुस्ताङको थासाङ गाउँपालिकामा रहेका आठवटा मतदान केन्द्र तथा मतदानस्थलमध्ये पाँच वटाको संयुक्त अनुगमन गरेको हो ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रको शान्तिसुरक्षाको अवस्था तथा मतदान केन्द्र तथा मतदानस्थलको वस्तुगत अवस्था र मतदानदातालाई निर्भिकतापूवर्क मतदान गर्न पाउँने संवैधानिक हक अधिकारको सुनिश्चितता गराउने उद्देश्यले यहाँका मतदान केन्द्र तथा मतदानस्थलको स्थलगत अनुगमन गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । जिल्लाको थासाङ गाउपालिकास्थित घाँसा, छयो, लेते, कोवाङ र कोवाङ मतदान केन्द्र तथा मतदानस्थलमा पुगेर प्रत्यक्ष अनुगमन गरिएको उनको भनाइ छ ।
यसैगरी थासाङमा बाँकी रहेका कालीगण्डकी पारीका सौरु, कुञ्जो र झिप्रा देउराली लगायतका मतदानस्थलको अर्को चरणमा अनुमगन गरिने निर्वाचन अधिकारी ज्ञवालीले बताए । मुस्ताङमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयपत्र दाखिला, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने लगायतका काम सकिएलगत्तै थासाङ गाउँपालिकामा मतदान केन्द्र तथा मतदानस्थलको अनुगमन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले बताए ।यसअघि जिल्ला सुरक्षा समिति जिल्लाले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी उपल्लो मुस्ताङका विभिन्न मतदान केन्द्र तथा मतदानस्थलको अनुमगन सम्पन्न गरेको थियो । प्रजिअ अजिता शर्मा नेतृत्वको जिल्ला सुरक्षा समिति लगायतको टोलीले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– २८ मतदान केन्द्र तथा मतदानस्थलमध्ये २५ को स्थलगत अनुगमन सम्पन्न गरेको थियो ।माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डस्थित ताङ्ग्या र ढी मतदानस्थल र बारागुङ मुक्तिक्षेत्रको साङ्ता मतदानस्थलको अनुमगन गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्लाका पाँच पालिकामा ३९ मतदान केन्द्रस्थल छन् । यसअन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ- २ सम्जुङ मतदान केन्द्रलाई सोही वडाको दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा ठाउँ सारी (मर्ज) गरिएको छ ।लोघेकर दामोदरकुण्ड- ४ मा यसअघिको मतदान केन्द्र रहेकोमा थप अर्को एक मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला ११ हजार ३२८ जना मतदाता छन् ।यहाँको घरपझोङमा दुई हजार ४९२, थासाङमा दुई हजार ९०७, वारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३९, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



