
न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?
गत फागुनदेखि कायममुकायम (कामु) को जम्मेवारीमा चलेको न्यायपालिकाले आगामी मंसिरसम्म प्रधानन्यायाधीश नपाउने देखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग सिफारिस दर्ता गरेपछि न्यायालयको जिम्मेवारी कामु प्रधानन्यायाधीशमा गएको थियो।महाभियोगकै कारण वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जम्मेवारी लिने मौका पाएका हुन्।
कार्कीको वही असोज १६ मा उमेर हदका कारण कार्यकाल सकिँदैछ।महाभियोगको प्रस्ताव दर्ता नगरिएको भए कार्कीले कामु प्रधानन्यायाधीशको अवसर पाउने थएनन् । सर्वोच्च अदालतले दसैं सुरु भएपछि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बन्दी प्रत्यक्षीकरणका निवेदनमा मात्र सुनुवाइ गर्दैछ। योसँगै कार्कीको कार्यकाल दसैंबीचमै सकिँदैछ।कार्कीपछि न्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्ने लाइनमा छन्। सर्वोच्च अदालतमा वरीयताक्रमका आधारमा प्रधानन्यायाधीश हुने व्यवस्था छ। वरिष्ठताका आधारमा सिधै प्रधानन्यायाधीशको सूचीमा रहेका कार्की २०७९ सिर २७ सम्म कामु नै भए काम गर्नुपर्ने बाध्यता छ। किनभने निलम्बित प्रधानन्यायाधीश जबराको कार्यकाल आगामी मंसिर २७ सम्म छ। यो समाचार राजधानी दैनिकमा छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



