

डिआईजी जयराज सापकोटाद्वारा प्रदेश ट्राफिक कार्यालय सुर्खेतको अनुगमन, निरीक्षण तथा निर्देशन
सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जयराज सापकोटाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुगमन, निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ।
निरीक्षणका क्रममा डिआईजी सापकोटाले कार्यालयको समग्र वस्तुस्थिति, भवन तथा परिसर, विभिन्न शाखाहरू, उपलब्ध स्रोत–साधन, नवप्रवर्द्धनात्मक अभ्यास, कार्यालयबाट सम्पादित कार्य–कारबाही, सेवा प्रवाहको अवस्था तथा गुनासो व्यवस्थापनको विषयमा स्थलगत अनुगमन गर्नुभएको थियो।
उक्त अवसरमा उहाँले कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रहरीको कर्तव्य, अधिकार र जिम्मेवारीलाई उच्च प्राथमिकतामा राख्दै प्रहरी सेवाको साख अभिवृद्धि हुने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। साथै नागरिकमैत्री, पारदर्शी र प्रभावकारी ट्राफिक व्यवस्थापनमार्फत सेवाको गुणस्तर थप सुदृढ बनाउन पेशागत निष्ठा, व्यवसायिक दक्षता तथा उच्च नैतिकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



