

यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुख र ट्राफिक प्रहरीको मोबाइल जफत
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार दिउँसो अख्तियारको टोलीले छापा मारेर कार्यालय प्रमुख, त्यहाँका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका कमर्चारको मोबाइल जफत गरेको हो। सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएको ३ महिना नपुग्दै पुन: आवेदन दर्ता गरी लिखित परीक्षामा सहभागी गराएको सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको थियो। आयोगका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिलमा कार्यरत कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरुले विचौलियामार्फत सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएका सेवाग्राहीहरू खोजेर प्रत्येक व्यक्तिसँग ५ हजारदेखि १० हजार रुपैयाँ रकम संकलन गरी नियमविपरीत परीक्षामा सहभागी गराएका थिए।
यातायात व्यवस्था कार्यालय चाबहिल, काठमाडौंका कार्यालय प्रमुख अधिकृत (नवौं) पेशल कुमार पोखरेल समेत सोही कार्यालयका १७ जना कर्मचारीको २५ थान मोबाइल, उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंबाट ड्युटीमा खटिएका प्रसनि डोरहरी नेपालसहित ३ जनाबाट ३ थान र नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टरका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाबाट ९ थान मोबाइल बरामद गरिएको आयोगले जनाएको छ।
लिखित परीक्षा दिई फेल भएको ३ महिना नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीको उत्तरपुस्तिका लगायतका कागजातहरू पनि बरामद गरिएको आयोगले जनाएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



