

घोषणापत्रमा सपना नबाँड, विश्वास देखाउ !
काठमाडौ। चुनाव नजिकिंदै गर्दा नेता र उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । कोही मतदाताको घर, आँगन, गोठ र खेतबारीमै पुगेका छन् । कोही सामाजिक सञ्जालमार्फत आकर्षक नारा फुराउँदैछन् । कोही भाषणमा मग्न छन्, कोही घोषणापत्र लेखनको तयारीमा । घोषणापत्र, प्रतिबद्धता पत्र अर्थात् वाचापत्र । यसले मतदातालाई सही निर्णय लिन मद्दत गर्छ, उम्मेदवारको जवाफदेहिता बढाउँछ र लोकतन्त्र सशक्त बनाउँछ ।
यसपटक नागरिकले दल र उम्मेदवाहरुका चुनावी घोषणापत्रमा सपना हैन, विश्वास खोजेका छन् । नागरिक थाकेका छन्, पूरा हुन नसक्ने बाचाहरू सुनेर । यसअघिका घोषणापत्र हेर्दा आज पनि उस्तै छ – गर्नेछौँ, बनाउनेछौँ, सुधार्नेछौँ । तर प्रश्न एउटै छ– कहिले ? र, कसरी ?
नागरिकको चाहना छ – घोषणापत्रमा पूरा गर्न नसक्ने होइन, पूरा गर्न सकिने कुरा मात्र होस् ।
नागरिकलाई सबैभन्दा पहिले चाहिएको छ, सुशासन । ठूला भाषण होइन, सानो तर कडा प्रतिबद्धता – घुस नलिने, दिन नपर्ने अवस्था बनाउने । सेवा लिन सरकारी कार्यालय छिर्दा चिनजान, पार्टी झण्डा वा सिफारिस नचाहिने व्यवस्था । घोषणापत्रमा ‘भ्रष्टाचार अन्त्य गर्छौं’ भन्ने सजिलो र सतही कुरा होइन, कुन कार्यालयबाट शुरु हुन्छ ? कुन प्रक्रियाबाट ? त्यसको स्पष्ट जवाफ नागरिकलाई चाहिएको छ ।
अर्को, सेवा प्रवाह । नागरिकले दैनिक जीवनमा सरकार खोज्छन् । नागरिकता, राहदानी, नापी, मालपोतका अड्डा अनि अस्पताल, विद्यालयदेखि हिँड्ने सडक र बाटोघाटो–यी सबै ठाउँमा सरकार देखिनुपर्छ । घोषणापत्रमा प्रविधिमैत्री सेवा लेख्दा राम्रो देखिन्छ । तर नागरिकलाई स्पष्ट भन्नुपर्छ–कुन सेवा कति महिनाभित्र अनलाइन हुन्छ ? कुन कार्यालयमा लाइन बस्न नपर्ने हुन्छ ? अनि कुन काम कसरी र कुनबेलासम्म सकिन्छ ?
शान्ति र सुरक्षा कागजमा लेखेर हुँदैन, नागरिकको हरेक सासमा महसुस हुनुपर्छ । नीति कागजमा मात्र छैन, बाटोमा, बजारमा, घरमा, हरेक गल्ली र महलमा अनुभव गर्न सकिने खालको हुनुपर्छ । अपराध भए सजाय हुन्छ भन्ने विश्वास चाहिन्छ । प्रहरी, प्रशासन र न्याय प्रणालीको सुधारबारे घोषणापत्रले स्पष्ट दिशा देखाउनुपर्छ–भावनात्मक होइन, व्यावहारिक योजना । शान्ति, सुरक्षा र राजनीतिक स्थिरताका लागि दलहरुले काम गर्ने प्रतिबद्धता स्पष्ट देखाउनुपर्छ–हिंसा रहित समाज, कानुनको शासन र राष्ट्रिय हित प्राथमिकतामा राख्ने दृढ निश्चय ।
शिक्षा सुधारमा स्पष्ट लक्ष्य, स्वास्थ्यमा पहुँचयोग्य सेवा, रोजगारीमा व्यवहारिक कार्यक्रम, विकासमा समयसीमा र स्रोतको हिसाब–यी नै नागरिकलाई विश्वास दिलाउने आधार हुन् । सपना देखाउने होइन, पूरा गर्न सकिने कामको सूची दिनु नै साँचो घोषणापत्र हो ।
आजका नागरिक आशा र सपना सुन्न चाहँदैनन् । सपना धेरै सुनेर उनीहरू झस्किसके । उनीहरू चाहन्छन्, ‘हामी यो गर्छौं, यति समयभित्र गर्छौं, नगरे जिम्मेवार हुन्छौं’ भन्ने स्पष्टता ।
घोषणापत्र चुनाव जित्ने पर्चा होइन । त्यो उम्मेदवार र नागरिकबीचको करार हो । करारमा शब्द कम भए पनि भरोसा बलियो हुनुपर्छ । अलि कम बाचा, तर पूरा हुने बाचा । सबै दलहरुका यही बुझाइ भयो भने घोषणापत्र कागजको थुप्रो होइन, देश र नागरिकको मुहार फेर्ने स्पष्ट मार्गदर्शन बन्न सक्छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



