

जिब्रो चिप्लिँदा विवाद: धादिङमा आशिका तामाङको अभिव्यक्ति सच्याउँदै सार्वजनिक माफी
धादिङमा रवि लामिछाने लाई स्वागत गर्ने कार्यक्रममा जिब्रो चिप्लिएपछि आशिका तामाङ ले सार्वजनिक रूपमा माफी मागेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङकी उम्मेदवार तामाङले बोल्दा भएको शब्द त्रुटिप्रति खेद व्यक्त गर्दै भविष्यमा सजग रहने प्रतिबद्धता जनाएकी हुन्।
जिब्रो चिप्लिँदा उल्टो अर्थ लाग्ने शब्द उच्चारण
स्वागत मन्तव्यका क्रममा तामाङले “धादिङमा सुशासन स्थापना गरी, भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ” भन्नुपर्नेमा अन्तिम शब्द स्पष्ट नदेख्दा “भ्रष्टाचार गर्छु” भन्ने आशय झल्किने शब्द उच्चारण भएको बताइन्। उनले छोटो समयमै मन्तव्य तयार पारेकाले पढ्दा आँखा नअड्किँदा उक्त त्रुटि भएको स्पष्ट पारिन्।
सार्वजनिक माफी र प्रतिबद्धता
घटनापछि उनले सामाजिक सञ्जालमार्फत् माफी माग्दै भनिन्,
“एकपटकको लागि गल्ती भयो। अबदेखि बोल्दा धेरै ध्यान दिएर मात्र बोल्नेछु र यस्तो गल्ती भविष्यमा दोहोरिन दिने छैन।”
उनले आफ्नो उद्देश्य सुशासन प्रवर्द्धन र भ्रष्टाचार अन्त्य नै रहेको स्पष्ट पार्दै अनपेक्षित शब्द त्रुटिले भ्रम सिर्जना गरेको उल्लेख गरिन्।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२१ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



