

चैते दशैंमा आईजीपी दान कार्कीको मौलो पूजा : परम्परा र सुरक्षाको सङ्कल्प दोहोर्याइयो
चैते दशैंमा आईजीपी दान कार्कीको मौलो पूजा : परम्परा र सुरक्षाको सङ्कल्प दोहोर्याइयो
काठमाडौं । चैते दशैंको अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नक्सालस्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ को मौलोमा विशेष पूजाअर्चना तथा सङ्कल्प पूजा सम्पन्न गर्नुभएको छ ।
बिहीबार आयोजित उक्त धार्मिक तथा परम्परागत कार्यक्रममा आईजीपी कार्कीले बली पूजा गर्नुका साथै प्रहरी निशानमा पञ्जा छाप लगाउँदै संगठनको सफलताको कामना गर्नुभयो। नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको मौलो पूजा सुरक्षा निकायभित्र आस्था, अनुशासन र कर्तव्यप्रतिको प्रतिबद्धताको प्रतीक मानिन्छ।
पूजाका अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरीसहित नगद पुरस्कार प्रदान गरियो भने प्रहरी हवल्दार रामकुमार कार्कीलाई पनि नगद पुरस्कारद्वारा सम्मानित गरिएको थियो।
कार्यक्रममा आईजीपी कार्की सहित प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले मौलो परिक्रमा गर्नुका साथै पूजा सम्पन्न गरेपछि पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए।
पूजा विसर्जनपछि नेपाल प्रहरीको निशान हनुमानढोका दरबार क्षेत्रतर्फ प्रस्थान गराइएको थियो, जसले परम्परागत सांस्कृतिक निरन्तरतालाई झल्काउँछ।
नेपाल प्रहरीको निशान ऐतिहासिक रूपमा नेपाली सेनाको रामदल पल्टनबाट प्राप्त भएको हो। मुख्य निशानमा सूर्य र चन्द्रबीच ‘राम धनुष’ अंकित रहेको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्रको चिन्ह मात्र रहन्छ। यसलाई शक्तिपीठ र इष्टदेवताको प्रतीकका रूपमा लिँदै संगठनले शान्ति सुरक्षा कायम राख्ने आफ्नो दायित्व सफलतापूर्वक निर्वाह गर्न प्रेरणा लिने गर्दछ।
वि.सं. २०११ सालमा निशान प्राप्त गरेयता नेपाल प्रहरीले प्रत्येक वर्ष वडा दशैं र चैते दशैंमा नियमित रूपमा मौलो पूजा गर्दै आएको छ। यो परम्पराले संगठनभित्र अनुशासन, एकता र कर्तव्यनिष्ठालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१३ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



