

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ ।
पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण घरमै गएर गर्न थालेको हो । सेवाअन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार तथा परामर्श, आवश्यक औषधिहरू निःशुल्क वितरणजस्ता कार्य गर्न थालेका टीकापुर नगरपालिका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताए । उनका अनुसार ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पालिकाका स्वास्थ्यकर्मीले हरेक महिना चार दिन समुदायमा घरघरमै सेवा दिने कार्यतालिका तयार गरिएको छ ।
“घरमा पुगेर दीर्घ रोग, उच्च रक्तचाप तथा मधुमेहलगायतको जाँच तथा अनुगमन गर्न थालिएको छ”, जनस्वास्थ्य निरीक्षक सार्कीले भने, “पोषण सरसफाइ तथा जीवनशैलीसम्बन्धी परामर्शसमेत दिन थालिएको छ ।”घरमै सेवा पाएपछि ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरू खुसी भएका छन् । वडा नं २ विजयनगरका ज्येष्ठ नागरिक मासुलाल चौधरीले स्वास्थ्यकर्मी घरमै आएर सेवा दिँदा खुसी लागेको बताए । “उच्च रक्तचापको समस्या भएको म अस्पताल नियमित औषधि लिन जान नसक्दा बीचमा औषधि छोडेको थिए, स्वास्थ्यकर्मी आएर घरमै उपलब्ध गराएपछि अब नियमित खान्छु”, उनले भने, “हामी शारीरिक रूपमा कमजोर, त्यसैमाथि दीर्घरोगले थलिएका छौँ । हामीलाई अस्पतालमा लाइनमा बस्नुपर्दा गाह्रो हुन्छ । घरमै सेवा पाउँदा सहज हुन्छ ।”अर्का ज्येष्ठ नागरिक पुनसराम चौधरी क्षयरोगका बिरामी हुनुहुन्छ । उहाँले नियमित क्षयरोगको औषधि खाइरहनुभएको छ । घरमै गएर स्वास्थ्य परीक्षण गराएको र खानपान, रहनसहनबारे परामर्श सेवा पाएको पुनसरामले बताए ।स्वास्थ्यकर्मी लक्ष्मी नारायण पोख्रेलले घरदैलोमै स्वास्थ्य सेवा दिँदा बिरामीको समय र खर्च बचत भएको, घरमै सेवा पाउँदा ज्येष्ठ नागरिक र अपांगता भएकाहरूले सुरक्षित र सम्मानित महसुस गरेको बताए । “दीर्घरोगीलाई नियमित जाँच, औषधि र परामर्श चाहिन्छ”, उनले भने, “घरमै गएर सेवा दिँदा उनीहरूको स्याहारमा पारिवारिक सहयोग वृद्धि हुन्छ । हामीले सरसफाइ र हेरचाह गर्ने तरिकाबारे पनि परामर्श दिने गरेका छौँ ।” घरदैलो सेवालाई कार्यविधि बनाएर नियमित सञ्चालन गर्ने पालिकाको योजना रहेको छ ।रासस
समाज
थप सामाग्री-
गुरुङ प्रकरणमा प्रहरीभित्रै विवाद : प्रमाण संकलनको नाममा ‘गोप्य अपरेशन’ !
-
तिलगङ्गा बस्ती हटाइएपछि आक्रोशित स्थानीय आन्दोलनमा
-
चितवन प्रहरीको नेतृत्वमा नयाँ ऊर्जा : एसपी रामेश्वर पौडेलले सम्हाले जिम्मेवारी
-
काभ्रे प्रहरीमा नयाँ नेतृत्व : एसपी रविन कार्कीद्वारा अपराध नियन्त्रण र जनसुरक्षामा कडा प्रतिबद्धता
-
आईजीपी कार्कीको दूरदर्शी योजना : नेपाल प्रहरी रूपान्तरणको नयाँ यात्रा
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
२२ घण्टा अगाडि
1.5kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…



