

एपीजी प्रतिनिधिसँग आईजीपी दान कार्कीको भेट, सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सहकार्य बढाउने विषयमा छलफल
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की र Asia Pacific Group on Money Laundering (APG) का डेपुटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड श्यानन तथा पोलिसी अफिसर किया सासालबीच मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।
भेटघाटका क्रममा नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) बाट बाहिर ल्याउन सरकारले अघि सारेको कार्ययोजना कार्यान्वयनमा नेपाल प्रहरीको भूमिकाबारे विस्तृत छलफल भएको नेपाल प्रहरीले जनाएको छ ।
छलफलमा सम्पत्ति शुद्धीकरण निवारण प्रणालीलाई प्रभावकारी बनाउन अन्य सरोकारवाला निकायसँग नेपाल प्रहरीले गरिरहेको समन्वय, अनुसन्धान तथा कारबाहीका गतिविधिबारे समीक्षा गरिएको थियो । साथै प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग विस्तार तथा आगामी कार्यदिशाका विषयमा समेत दुवै पक्षबीच व्यापक विचारविमर्श भएको बताइएको छ ।
सो अवसरमा वित्तीय अपराध नियन्त्रण, सूचना आदान–प्रदान, आपसी सहयोग तथा अन्तरनिकाय समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा समेत महत्वपूर्ण छलफल भएको थियो ।
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुन कार्यान्वयन निकायहरूको सक्रियता, वित्तीय पारदर्शिता तथा अनुसन्धान क्षमतामा सुधार आवश्यक रहेको सन्दर्भमा उक्त भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
समाज
थप सामाग्री-
गुरुङ प्रकरणमा प्रहरीभित्रै विवाद : प्रमाण संकलनको नाममा ‘गोप्य अपरेशन’ !
-
तिलगङ्गा बस्ती हटाइएपछि आक्रोशित स्थानीय आन्दोलनमा
-
चितवन प्रहरीको नेतृत्वमा नयाँ ऊर्जा : एसपी रामेश्वर पौडेलले सम्हाले जिम्मेवारी
-
काभ्रे प्रहरीमा नयाँ नेतृत्व : एसपी रविन कार्कीद्वारा अपराध नियन्त्रण र जनसुरक्षामा कडा प्रतिबद्धता
-
आईजीपी कार्कीको दूरदर्शी योजना : नेपाल प्रहरी रूपान्तरणको नयाँ यात्रा
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
२२ घण्टा अगाडि
1.5kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…



