चितवन प्रहरीको नेतृत्वमा नयाँ ऊर्जा : एसपी रामेश्वर पौडेलले सम्हाले जिम्मेवारी

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व अब प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले सम्हालेका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जबाट सरुवा भई चितवन आएका एसपी पौडेलले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गर्दै जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मी तथा प्रहरी कर्मचारीसँग संक्षिप्त संवाद गर्दै एसपी पौडेलले अपराध नियन्त्रण, नागरिकको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्नु आफ्नो पहिलो प्राथमिकता रहने स्पष्ट पारे । उनले प्रहरी संगठनलाई जनमैत्री, जिम्मेवार र परिणाममुखी बनाउने दिशामा आफू केन्द्रित भएर काम गर्ने बताए ।

उनले प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै अनुशासित र प्रभावकारी कार्यसम्पादनमार्फत चितवनवासीलाई सुरक्षित अनुभूति दिलाउने प्रतिबद्धता जनाए । “सार्वजनिक सुरक्षा, शान्ति र अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी संयन्त्रलाई सक्रिय रूपमा परिचालन गरिनेछ,” उनले भने, “प्रत्येक नागरिकले सुरक्षाको अनुभूति गर्ने वातावरण निर्माणमा हामी हरपल निष्ठापूर्वक लाग्नेछौं ।”

चितवन जस्तो संवेदनशील तथा व्यस्त जिल्लामा नयाँ नेतृत्वको आगमनसँगै सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान र समुदाय–प्रहरी साझेदारी कार्यक्रमले थप गति लिने अपेक्षा गरिएको छ । प्रहरी संगठनभित्र व्यावसायिकता, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउनेतर्फ पनि एसपी पौडेलको ध्यान केन्द्रित रहने विश्वास गरिएको छ ।

नवआगन्तुक एसपी पौडेललाई चितवनवासी तथा प्रहरी संगठनभित्रबाट सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

Facebook Comments Box
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
१५ घण्टा अगाडि

1.4kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…

TOP
347 Shares