

गुरुङ प्रकरणमा प्रहरीभित्रै विवाद : प्रमाण संकलनको नाममा ‘गोप्य अपरेशन’ !
काठमाडौं । पूर्वगृहमन्त्री सँग जोडिएको एक संवेदनशील घटनाले नेपाल प्रहरीभित्रै गम्भीर विवाद सिर्जना गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सिन्धुपाल्चोकस्थित भोटेकोशी क्षेत्रको एक रिसोर्टमा पुगेर गोप्य रूपमा सिसिटिभी फुटेज तथा अन्य डिजिटल प्रमाण संकलन गरेको विषय बाहिरिएपछि प्रहरी संगठनभित्र अधिकार क्षेत्र र उद्देश्यलाई लिएर प्रश्न उठेको हो ।
प्रहरी स्रोतका अनुसार गुरुङ एक युवतीसँग उक्त रिसोर्टमा पुगेको घटनासँग सम्बन्धित भिडियो तथा अन्य सामग्री संकलन गर्न अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर नेतृत्वको टोली केही दिनअघि त्यहाँ पुगेको थियो । टोलीले चोरी घटनाको अनुसन्धानका लागि आएको भन्दै रिसोर्ट प्रशासनसँग समन्वय गरेको बताइएको छ । तर, रिसोर्टका केही कर्मचारीको मोबाइलमा समेत गुरुङसँग सम्बन्धित भिडियो रहेको सूचना पाएपछि ती मोबाइलसमेत नियन्त्रणमा लिइएको स्रोतको दाबी छ ।
घटनाको सबैभन्दा विवादास्पद पक्ष भनेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर पुगेर अनुसन्धान गर्नु हो । प्रहरीभित्रैका अधिकारीहरूका अनुसार उपत्यका बाहिर विशेष अनुसन्धान सञ्चालन गर्ने अधिकार प्रायः केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई रहने गर्छ । तर, यस प्रकरणमा सीआईबीलाई कुनै औपचारिक जानकारी नै नदिइएको बताइन्छ ।
त्यति मात्र होइन, टोलीका केही सदस्यले आफूहरू “सीआईबीबाट आएको” भनेर परिचय दिएको आरोपसमेत उठेपछि प्रहरी संगठनभित्र असन्तुष्टि बढेको छ । “कसको निर्देशनमा टोली खटियो ? अनुसन्धानको वास्तविक उद्देश्य के थियो ?” भन्ने प्रश्न अहिले प्रहरी वृत्तमै चर्चाको विषय बनेको छ ।
यो अनुसन्धान पूर्वगृहमन्त्री गुरुङकै आग्रहमा गरिएको हो वा उनीविरुद्ध प्रमाण संकलन गर्ने प्रयास हो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । तर, घटनाले प्रहरी संगठनको कार्यशैली, अधिकार प्रयोग र आन्तरिक समन्वयमाथि गम्भीर प्रश्न उठाएको छ ।
यस प्रकरणको असर अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का माथिसमेत पर्ने सम्भावना देखिएको प्रहरी स्रोतहरू बताउँछन् । संगठनभित्रै “अनधिकृत अपरेशन” को चर्चा चलिरहेका बेला नेतृत्वमाथि जवाफदेहिताको दबाब बढ्न थालेको छ ।
पूर्वगृहमन्त्री गुरुङ यसअघि पनि विभिन्न विवाद र आर्थिक प्रभावसम्बन्धी आरोपका कारण चर्चामा आएका थिए । स्पष्ट व्यवसायिक आधार नदेखिए पनि ठूलो सम्पत्तिको स्वामित्व, बिचौलिया दीपक भट्टसँगको निकटता तथा आर्थिक साझेदारीको चर्चापछि उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । पछिल्लो समय उनी पुनः सत्तामा फर्किने प्रयासमा रहेको राजनीतिक वृत्तमा चर्चा भइरहेका बेला यो घटनाले नयाँ तरंग उत्पन्न गरेको छ ।
प्रहरी संगठनभित्रै उठेको विवाद, गोप्य शैलीमा गरिएको प्रमाण संकलन र शक्तिको दुरुपयोगसम्बन्धी प्रश्नहरूले यो प्रकरणलाई थप संवेदनशील बनाएको छ । अब यो घटनाले कुन मोड लिन्छ भन्ने चासो राजनीतिक र सुरक्षा वृत्त दुवैतर्फ बढेको छ ।यति मात्रै नभई अपराध महाशाखा प्रमुख सम्रत हेका एसएसपी सन्तोष खड्काले माथिको आदेश भन्दै आफ्नो क्षेत्रधिकार मिच्दै प्रधानमन्त्री बालेन शाहको सुशासनको नारालाई समेत धोती लगाउँदै आएको आरोप छ।
समाज
थप सामाग्री-
गुरुङ प्रकरणमा प्रहरीभित्रै विवाद : प्रमाण संकलनको नाममा ‘गोप्य अपरेशन’ !
-
तिलगङ्गा बस्ती हटाइएपछि आक्रोशित स्थानीय आन्दोलनमा
-
चितवन प्रहरीको नेतृत्वमा नयाँ ऊर्जा : एसपी रामेश्वर पौडेलले सम्हाले जिम्मेवारी
-
काभ्रे प्रहरीमा नयाँ नेतृत्व : एसपी रविन कार्कीद्वारा अपराध नियन्त्रण र जनसुरक्षामा कडा प्रतिबद्धता
-
आईजीपी कार्कीको दूरदर्शी योजना : नेपाल प्रहरी रूपान्तरणको नयाँ यात्रा
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
१४ घण्टा अगाडि
1.4kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…



