तिलगङ्गा बस्ती हटाइएपछि आक्रोशित स्थानीय आन्दोलनमा

काठमाडौं । पशुपति विकास क्षेत्र कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा क्षेत्रको बस्ती हटाएपछि विस्थापित स्थानीय बासिन्दाहरू आन्दोलनमा उत्रिएका छन्। कोषले विगतमा भएको सहमति र सर्तहरू उल्लंघन गर्दै बलपूर्वक घरटहरा हटाएको आरोप लगाउँदै पीडितहरूले कडा विरोध जनाएका हुन्।

बुधबार विस्थापित बासिन्दाहरूले गौशालास्थित पशुपति क्षेत्र विकास कोषको  मुख्य गेटबाहिर शान्तिपूर्ण धर्ना दिएका छन्। उनीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्थाविनै हटाइएको, संवादको वातावरण नबनाइएको तथा मानवीय संवेदनशीलतालाई बेवास्ता गरिएको गुनासो गरेका छन्।

धर्नामा सहभागी स्थानीयहरूले “सहमति कार्यान्वयन गर”, “विस्थापितलाई न्याय दे” र “बल प्रयोग बन्द गर” जस्ता नारासहित प्रदर्शन गरेका थिए। स्थानीयका अनुसार कोषले यसअघि पुनःस्थापना, उचित व्यवस्थापन तथा निश्चित समयसीमाभित्र समाधान गर्ने प्रतिबद्धता जनाएको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको आरोप छ।

विस्थापित बासिन्दाहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनीहरूले राज्यका सम्बन्धित निकाय तथा मानवअधिकार संस्थाहरूलाई घटनाप्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

बस्ती हटाउने घटनापछि तिलगङ्गा क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। स्थानीयहरूले संवाद र न्यायोचित समाधानमार्फत मात्रै समस्या समाधान हुन सक्ने बताएका छन्।

Facebook Comments Box
एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
१४ घण्टा अगाडि

1.4kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका…

TOP
329 Shares