

बागमती प्रदेशका निजी अस्पतालमा अनिवार्य रूपमा १०% शय्यामा निःशुल्क सेवा
हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित सबै निजी तथा गैरसरकारी अस्पतालहरूलाई कुल शय्याको १० प्रतिशतमा अनिवार्य रूपमा निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।
मन्त्रालयले सोमबार जारी गरेको परिपत्रमार्फत स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (६) अनुसार कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न अस्पतालहरूलाई ताकेता गरेको हो।
सो ऐन अनुसार, प्रत्येक अस्पतालले सामाजिक सेवा इकाई स्थापना गरी बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका र अन्य असहाय व्यक्तिहरूलाई निःशुल्क उपचार, आवश्यक औषधि र सेवाहरू उपलब्ध गराउनुपर्ने व्यवस्था छ। यसअन्तर्गत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अस्पतालले स्वयं व्यहोर्नुपर्नेछ।
मन्त्रालयका अनुसार हालसम्म कानुनी प्रावधानको कार्यान्वयन अवस्था सन्तोषजनक छैन र जनस्तरबाट विभिन्न गुनासोहरू प्राप्त भएका छन्। त्यसैले, अस्पतालहरूले तोकिएको प्रतिशतमा लक्षित वर्गलाई सेवा उपलब्ध गराउन र कार्यान्वयनको प्रगति विवरण नियमित रूपमा मन्त्रालयमा पेश गर्नुपर्ने समेत निर्देशन दिइएको छ।
स्वास्थ्य मन्त्रालयको यो कदमले कमजोर र असहाय वर्गको स्वास्थ्य पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
सुधन गुरुङको प्रेस काउन्सिलमा उजुरी, ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै कारबाहीको माग
-
रवि लामिछानेमाथिका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको अनुमति, सहकारी ठगी मुद्दा यथावत
-
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
-
एसएसपी रमेश थापाद्वारा सरुवा भएका डिएसपीलाई स्वागत तथा बिदाइ
-
सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ शुभारम्भ
काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
१६ घण्टा अगाडि
1.2kViews 445 Shares Share on Facebook Share on Twitter काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३”…



