

पूर्वाग्रहपूर्ण मुद्दा असफल भएपछि रिहा, न्यायप्रेमीहरूप्रति आभार
समाचार:
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ले आफूविरुद्ध सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन्। पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उनले बताएका छन्।
रिहाइपछि सार्वजनिक वक्तव्य जारी गर्दै उनले आफ्नो पक्षमा आवाज उठाउने सम्पूर्ण न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने प्रति उच्च सम्मान प्रकट गरेका छन्।
प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन तथा स्वास्थ्योपचारमा संलग्न परिवारप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।
ओलीले आफ्नो रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका समर्थकमाथि भएको दमनप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्नेमा जोड दिँदै राज्य उदासीन भए पार्टीले खर्च व्यहोर्ने पनि उनले बताएका छन्।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै उपचार गराउने जानकारी दिँदै उनले यस अवधिमा साथ र समर्थन गर्ने पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति पुनः धन्यवाद ज्ञापन गरेका छन्।
समाज
थप सामाग्री-
एआइजी ईश्वर कार्की र कलाकार दुर्गेश थापाद्वारा बुढानीलकण्ठमा नवनिर्मित दुर्गा मन्दिर उद्घाटन
-
ओली र लेखक सशर्त रिहा, सर्वोच्चको आदेशपछि थुनामुक्त
-
ललितपुरको पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु, दुई जना पक्राउ
-
आज चैत २६ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी दानबहादुर कार्कीद्वारा नागरिक केन्द्रित प्रहरी सेवा सुनिश्चित गर्न कडा निर्देशन
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पश्चिम नेपालबाट वर्षा सुरु
१ दिन अगाडि
3.6kViews 103 Shares Share on Facebook Share on Twitter काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण पश्चिम…



