

नेपाल प्रहरीले नयाँ उचाइ छोयो: IGP दानबहादुर कार्कीको सक्रिय नेतृत्वमा प्रहरी संगठन सशक्त
काठमाडौँ – जेनजी आन्दोलनपछिको जटिल परिस्थितिमा सुरक्षा संयन्त्र थलिएको, प्रहरी संरचना कमजोर भएको र मनोबल खस्किएको अवस्थामा नेपाल प्रहरीलाई पुनः सशक्त, अनुशासित र जनसेवामुखी बनाउने कार्यमा प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीले महत्वपूर्ण भूमिका खेलेका छन्।
उनको सक्रिय नेतृत्वमा, प्रहरी संगठनले आफ्नो इतिहासमै अभूतपूर्व उपलब्धि हासिल गरेको ठहर छ।
कार्कीको नेतृत्व र अनुभव
IGP कार्कीले आफ्नो करियर २०५४ साल चैत १८ गते प्रहरी निरीक्षकबाट सुरु गरेका थिए। समयक्रममा उनले DSP, SP, SSP, DIG, AIG हुँदै IGP पदमा पुगेर विभिन्न जिल्ला, ट्राफिक, लागुऔषध र केन्द्रीय निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
उनी कर्णाली, लुम्बिनी प्रदेश र काठमाडौं उपत्यकामा नेतृत्व अनुभव लिएर आएका अधिकारी हुन् जसले संगठनमा अनुशासन, कार्यक्षमता र मनोबल अभिवृद्धि गरेका छन्।
शिक्षा र तालिम
राजनीतिकशास्त्रमा स्नातकोत्तर
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा २२ भन्दा बढी तालिम (सुरक्षा, मानवअधिकार, अपराध अनुसन्धान आदि)
उपलब्धि
प्रबल जनसेवा श्री सहित विभिन्न विभूषणबाट सम्मानित
उत्कृष्ट कार्यसम्पादनका लागि नगद पुरस्कार र प्रशंसापत्र प्राप्त
प्रहरी संगठनको मनोबल, अनुशासन र कार्यक्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान
IGP कार्कीको नेतृत्वमा, नेपाल प्रहरीले जेनजी आन्दोलनपछि क्षतिग्रस्त सुरक्षा संयन्त्रलाई पुनर्स्थापित गर्दै देशव्यापी सुरक्षामा दृढता र विश्वास थपेको छ। उनका सक्रिय र दूरदर्शी कदमले प्रहरी संगठनलाई नयाँ उचाइमा पुर्याएको छ।
समाज
थप सामाग्री-
एआइजी ईश्वर कार्की र कलाकार दुर्गेश थापाद्वारा बुढानीलकण्ठमा नवनिर्मित दुर्गा मन्दिर उद्घाटन
-
ओली र लेखक सशर्त रिहा, सर्वोच्चको आदेशपछि थुनामुक्त
-
ललितपुरको पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु, दुई जना पक्राउ
-
आज चैत २६ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी दानबहादुर कार्कीद्वारा नागरिक केन्द्रित प्रहरी सेवा सुनिश्चित गर्न कडा निर्देशन
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पश्चिम नेपालबाट वर्षा सुरु
१ दिन अगाडि
3.6kViews 103 Shares Share on Facebook Share on Twitter काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण पश्चिम…



