

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पश्चिम नेपालबाट वर्षा सुरु
काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण पश्चिम नेपालमा वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ भने बाँकी भूभागमा सामान्यतया बादल छाएको छ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार दिउँसोसँगै वर्षा तीव्र हुने र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना छ। हाल बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
विभागले बिहान १० बजे प्राप्त वर्षा मापन अनुसार पछिल्लो तीन घण्टामा चितवनदेखि पश्चिमका ६० भन्दा बढी स्थानमा वर्षा भएको जानकारी दिएको छ। अछाममा ८.६, सुर्खेतमा ७.६, डडेलधुरामा ५.२, रोल्पामा ८.२, प्युठानमा ५.२ र चितवनमा ४.२ मिलीमिटर वर्षा भएको छ। त्यसैगरी कालीकोट, डोटी, रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, दाङ, अर्घाखाँचीलगायत जिल्लामा पनि हल्का वर्षा परेको छ। वर्षा पूर्वतर्फ सर्ने क्रममा रहेको विभागले जनाएको छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा, मधेस प्रदेशलगायत तराईका केही स्थानमा मेघगर्जन/चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। विशेष गरी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको विभागले चेतावनी दिएको छ।
समाज
थप सामाग्री-
एआइजी ईश्वर कार्की र कलाकार दुर्गेश थापाद्वारा बुढानीलकण्ठमा नवनिर्मित दुर्गा मन्दिर उद्घाटन
-
ओली र लेखक सशर्त रिहा, सर्वोच्चको आदेशपछि थुनामुक्त
-
ललितपुरको पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु, दुई जना पक्राउ
-
आज चैत २६ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी दानबहादुर कार्कीद्वारा नागरिक केन्द्रित प्रहरी सेवा सुनिश्चित गर्न कडा निर्देशन
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पश्चिम नेपालबाट वर्षा सुरु
१ दिन अगाडि
3.6kViews 103 Shares Share on Facebook Share on Twitter काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण पश्चिम…



