

काठमाडौंमा सुकुमबासी बस्तीमा डोजर अभियान जारी, विस्थापितको व्यवस्थापन प्रक्रिया अघि बढ्दै
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन गरिएको छ। सोमबार बिहानदेखि गैरीगाउँस्थित बस्तीमा दुई वटा डोजरमार्फत संरचना हटाउने काम तीव्र रूपमा अघि बढाइएको छ। यसअघि शनिबार र आइतबार गैरीगाउँ र थापाथली क्षेत्रमा पनि डोजर चलाइएको थियो।
यस्तै, भक्तपुरको मनोहरा क्षेत्रमा रहेको सुकुमबासी बस्तीमा समेत घर–टहरा भत्काउने कार्य निरन्तर जारी रहेको छ। सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने उद्देश्यसहित सरकारले यो अभियान सञ्चालन गरेको जनाएको छ।
अभियानका क्रममा थापाथली, गैरीगाउँ, मनोहरालगायत स्थानबाट विस्थापित भएका सुकुमबासीहरुलाई हाल काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा अस्थायी रूपमा राखिएको छ। उनीहरूको पहिचान र अवस्था मूल्याङ्कन (स्क्रिनिङ) गर्ने कार्य भइरहेको छ।
सरकारले स्क्रिनिङ प्रक्रिया सम्पन्न भएपछि योग्य लाभग्राहीलाई तोकिएको स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने तयारी गरेको छ। यस अभियानले एकातिर सार्वजनिक जग्गा संरक्षणको प्रयासलाई अघि बढाएको छ भने अर्कोतर्फ प्रभावित नागरिकको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



