

प्रहरी महानिरीक्षक कार्कीको निर्देशनात्मक सम्बोधन: शान्ति सुरक्षा, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन जोड
काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीका विभिन्न निकायलाई शान्ति सुरक्षा, सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
नेपाल प्रहरी शिक्षालय भरतपुर, नवलपरासी (पूर्व), चितवन र मकवानपुर जिल्लास्थित प्रहरी कार्यालय प्रमुख, ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा मातहतका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिक केन्द्रित प्रहरी सेवामा सुधार ल्याउन आवश्यक रहेको बताए।
उनले प्रहरी संगठनप्रति जनताको विश्वास कायम राख्न अनुशासन, जिम्मेवारी र पेशागत इमान्दारितामा कुनै सम्झौता नगर्न निर्देशन दिए। साथै, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र आपतकालीन सेवामा थप चुस्तता अपनाउन समेत उनले जोड दिए।
महानिरीक्षक कार्कीले बदलिँदो सामाजिक परिस्थिति र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरी कर्मचारीहरूलाई प्रविधिमैत्री, संवेदनशील र जवाफदेही भएर काम गर्न आग्रह गरे।
कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरूले महानिरीक्षकबाट प्राप्त निर्देशनलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए।
समाज
थप सामाग्री-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
एसएसपी सन्तोष खड्काको नेतृत्वमा विशेष अपरेसन: २५८ जना पक्राउ
१ दिन अगाडि
1.2kViews 278 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मसाज सेन्टरको नाममा सञ्चालन…



