एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह

काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक धम्की तथा ब्ल्याकमेलिङसम्बन्धी गम्भीर आरोप लागेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियाले आफूलाई जबरजस्ती करणी मुद्दामा फसाइदिने भन्दै धम्क्याएर करिब छ करोड रुपैयाँ नगद तथा ठूलो परिमाणमा गरगहना असुल गरेको आरोपसहित जाहेरी दिएपछि प्रहरी सक्रिय भएको हो।चिमौरियाका अनुसार अधिकारीले जबरजस्ती करणी मुद्दामा फसाइदिने धम्की दिँदै करिब ६ करोड रुपैयाँ नगद तथा ठूलो परिमाणमा गरगहना असुल गरेको आरोप छ। उनले उक्त घटनालाई मानसिक, आर्थिक र सामाजिक रूपमा अत्यन्त पीडादायी अनुभव भएको बताएका छन्।
उनका अनुसार निरन्तर धम्की र दबाबका कारण आफू लामो समयसम्म मौन बस्न बाध्य भए पनि अन्ततः न्यायको खोजीमा उजुरी दिनुपरेको हो। चिमौरियाले यस प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका
 छन्।

एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह :
मेरो परिचय महेन्द्रा शोरुममा काम गर्ने एक सामान्य व्यवसायीको रूपमा भयो। दिनहुँजसो गाडीको खरिदबिक्री र एक्सचेन्जमा व्यस्त रहने मलाई एकदिन अपरिचित नम्बरबाट फोन आयो। फोन गर्ने व्यक्ति तुलसा अधिकारी हुनुहुन्थ्यो। उहाँले आफू महेन्द्रा शोरुममा काम गर्ने र गाडी एक्सचेन्जमा आएका गाडीहरू बेच्ने गरेको बताउनुभयो। मेरो नम्बर उहाँले इन्टरनेट र सोसल मिडियाबाट पाउनुभएको रहेछ, किनकि म आफ्नो बिजनेसमा आफैँ संलग्न भएकोले नम्बर सार्वजनिक नै राखेको थिएँ।
पहिलो भेटघाटको केही दिनपछि उहाँले एउटा “ग्रे” रङ्गको क्रेटा गाडीको डिल गर्नुभयो। एक्सचेन्जमा आएको त्यो गाडी मैले किनें र सम्बन्धित धनीलाई पैसा दिएर पास पनि गरें। यसरी हाम्रो सामान्य व्यावसायिक सम्बन्धको सुरुवात भयो।
यसको केही समयपछि बुटवलबाटै एउटा जगदम्बा स्टिल कम्पनीको फर्चुनर गाडी बिक्रीमा आएको भन्दै उहाँले मलाई फोन गर्नुभयो। फोनबाटै डिल भएपछि गाडी हेर्न म फ्लाइटबाट भैरहवा हुँदै ट्याक्सी लिएर बुटवल पुगेँ। गाडी टेस्ट ड्राइभ गरेपछि हाम्रो समझदारी भयो। लेखनदास बोलाएर समझदारी पत्र तयार भइरहेको बेला महेन्द्रा शोरुमका अन्य साथीहरूसँगै तुलसाजी पनि त्यहीँ आउनुभयो। मैले उहाँलाई अस्ति गाडी पठाउनुभएको थियो, अरू गाडी भयो भने पनि खबर गर्नुहोला भन्दै व्यावसायिक कुरा गरें। मलाई थाहा थिएन कि म जुन ठाउँमा थिएँ, त्यसको ठीक विपरित दिशामा उहाँको महेन्द्रा शोरुम रहेछ। मैले लोकेशन दिएको पाँच मिनेटमै उहाँ आइपुग्नुभयो।
पहिलो ब्ल्याकमेलको सुरुवातस् होटलमा खिचिएको फोटो
समझदारी पत्रमा हस्ताक्षर गर्ने क्रममा मैले एनएमबी बैंकको कम्पनी चेक निकालेँ। जब ५० लाखभन्दा बढीको ठूलो रकम भरेँ, तुलसाजी अचम्मित हुनुभयो र मलाई अर्कै नजरले हेर्नुभयो। एग्रिमेन्ट सकिएपछि गाडीको जिम्मा लिएर म काठमाडौँ फर्किन लागेको थिएँ। तर उहाँले हाम्रो ठाउँमा आएर चिया खाजा नखाइकन जान पाइँदैन भन्दै मलाई रोक्नुभयो। मैले सामान्य चिया खाजा मात्र सोचेको थिएँ। तर, उहाँले अलि राम्रो ठाउँ भन्दै मलाई एयरपोर्ट जाने बाटो नजिकैको एउटा होटलमा लैजानुभयो। बाटोभरि उहाँको फोन ननस्टप आइरहेको थियो। पछि थाहा भयो, त्यो फोन लव पौडेलको रहेछ। मैले गाडीभित्र उहाँसँग कुनै कुरा गर्ने अवसर नै पाइनँ।होटलमा पुगेपछि उहाँले मलाई गाडी पार्किङ गर्न लगाएर आफू रिसेप्सनमा जानुभयो। म पार्किङबाट फर्कँदा उहाँ काउन्टरमा भाउचर भरिरहेको देखें। कसको नाममा, कति जना बस्ने भनेर उहाँले नै सब कुरा मिलाउनुभएको थियो। म रिसेप्सनमा पुग्दा उहाँले चाबी लिनुभयो र ूखाजा खाने भन्या हैनरुू भन्दै मलाई सिधै माथिल्लो तलामा कोठामा लैजानुभयो। मैले बिजनेसको डिल गर्न बसेको बेनाले त्यहाँ गएँ। उहाँले मेरो कुनै हस्तक्षेपबिना नै आफ्नो नाममा रुम बुकिङ गर्नुभएको रहेछ। कोठाभित्र गएपछि उहाँले के के हर्कत गर्नुभयो, त्यो म यहाँ उल्लेख गर्न चाहन्नँ। छोटकरीमा भन्नुपर्दा, म त्यहाँबाट निस्किएँ र उहाँलाई बुटवल चोकमै छोडेर काठमाडौँ फर्किएँ।
काठमाडौँ आउँदा बाटोमै उहाँको फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो, जुन मैले राति घरमा आएर एक्सेप्ट गरें। भोलिपल्टदेखि उहाँले आफ्नो महेन्द्रा शोरुमको सिसा क्याबिनबाट मलाई दैनिक रूपमा फोन गर्न थाल्नुभयो। नउठाए पनि लगातार फोन आइरहन्थ्यो। ती कलहरूमा उहाँले देखाउनै नमिल्ने खालका चिजहरू पनि पठाउन थाल्नुभयो।
अन्तर्राष्ट्रिय यात्रा, व्यवसाय र करोडौंको क्षति
यही क्रममा १५/२० दिनपछि उहाँ काठमाडौँ आउनुभयो। कलंकीमा छु भनेर फोन गरेपछि मैले महेन्द्राको ट्रेनिङमा आएको होला भनेर सामान्य रूपमा लिएँ। तर, फेरि साढे एघार बजेतिर उहाँले फोन गरेर पुतलीसडकको होटल त्रिपतीमा छु, भेट्न आउनु न भन्नुभयो। सुरुमा भ्याउँदिनँ भन्दा पनि उहाँले लगातार फोन गरिरहनुभयो। अन्ततः दिउँसो साढे तीन बजे म होटल त्रिपती पुगेँ। त्यहाँ उहाँ मोबाइल चलाएर बसिरहनुभएको रहेछ। सायद मलाई नै देखाउन होला, उहाँले हेर्नु त अस्ति त्यहाँ झुक्किएर यस्तो भएछ भन्दै एउटा फोटो देखाउनुभयो। त्यो फोटो होटलको कोठाभित्र म निस्कन लाग्दा स्वाट्ट खिचेको रहेछ, जसमा हामी कोठामा छौँ भन्ने प्रष्ट देखिन्थ्यो।
मैले किन खिच्नुभएको त तपाईंलेरु यो हटाउनुस् तू भन्दा उहाँले हैन, यो झुक्किएर हो, केही फरक पर्दैन भन्नुभयो। त्यसपछि उहाँले म तपाईंसँग सल्लाह गर्नु पर्यो। म बुटवलमा बस्न नसक्ने भएँ, मेरो छोरीलाई पढाउनुपर्ने भयो। तपाईंले मलाई काठमाडौँमा कोठा खोजिदिनुपर्योू भन्नुभयो। मैले सुरुमा आफूले घरमा समेत कोठा खोज्न नसक्ने बताए पनि उहाँले तपाईंले खोज्नै पर्छ, यस्तो गरेर खोज्नै पर्छू भन्न थाल्नुभयो। मलाई चिसो पस्यो कि यो फोटो मिसेसलाई पठाइदिन्छिन् कि ? मैले बाध्य भएर ओके म खोज्दिन्छु भनें।
मैले गुगलमा खोजेँ, तर पाइनँ। पछि एकजना कोठा मिलाउने बिचौलिया भेटें र उनलाई कोठा खोज्न लगाएँ। उनले सबै सेट भएको, चारवटा कोठा भएको, २० हजार भाडा पर्ने र सामानसहित ७ लाख रुपैयाँ लाग्ने कोठा भेट्टाए। मैले तुल्साजीलाई सुनाएँ। उहाँले तपाईंले मिलाएर कुरा गर्नु न, तपाईंले भनेपछि भैहाल्छ नि भन्दै मलाई पन्छ्याउनुभयो। मैले बार्गेनिङ गरेर ५ लाख रुपैयाँमा फाइनल गरेँ र पैसा आफैँ दिएर चाबी उहाँलाई जिम्मा लगाएँ।७५ सालको अन्तिमतिरबाट यो सिलसिला सुरु भएको थियो। ७६ सालमा कोभिड सुरु भयो, लकडाउन भयो। म घरमै हुँदा पनि उहाँको फोन लगातार आइरहन्थ्यो। घरमा बस्नै नदिने गरी दुःख दिन थाल्नुभयो। २० हजार, ३० हजार, ५० हजार गर्दै मैले कति पैसा दिएँ, त्यसको कुनै हिसाब किताब छैन। कहिले औँठी बनाइदिएँ भन्ने, कहिले के भन्ने, लगातार च्याप्न थाल्नुभयो। मलाई डर लाग्यो कि मेरो डिभोर्स पक्का हो। मैले आफ्ना दुईजना साला र जेठानलाई पनि कुरा गरें।
यसैबीच, तुल्साजीको सम्बन्ध लव पौडेलसँग पनि रहेछ। उनीहरूबीच झगडा भएपछि तुल्साजी कोठा सरिरहनुहुन्थ्यो। हरेकपटक कोठा सर्दा कोठा भाडा तिर्नेदेखि पाइप चुक्ता गर्नेसम्मको जिम्मा मलाई आइपर्थ्यो।
पछि उहाँले जागिर लगाइदिनुपर्यो भन्नुभयो। मैले साथीको सहयोगमा मेगा मोटर्स, बालकुमारीको निसान शोरुममा सेल्समा राखिदिएँ। तर चार/पाँच महिनापछि मैले जागिर रिजाइन दिएँ, अब आफ्नै गर्ने हो भन्दै फेरि मलाई पसल खोजिदिनुपर्यो भन्न थाल्नुभयो। मैले सक्दिनँ भन्दा तपाईंको घरमा जान्छुू भन्दै धम्क्याउनुभयो। उहाँले मेरो पिछा गरेर घरको लोकेसन थाहा पाउनुभएको रहेछ। मैले कतिपटक घरअगाडि गएर माफी मागेर प्लीज मेरो घरमा नआइदिनुस् भन्दै पठाएँ।
सम्पत्तिमाथि कब्जा र चरम ब्ल्याकमेल
उहाँको बस्न, घुम्न र यात्राका लागि मैले डोमेस्टिक एयरलाइन्सका कति टिकट काटें, गाडी कति पठाएँ, त्यसको हिसाब छैन। विराटनगर, पोखरा, नारायणघाटजस्ता ठाउँमा ड्राइभर खोजेर पठाउनुपर्थ्यो। आफ्ना कर्मचारीलाई थाहा नहोस् भनेर बाहिरका ड्राइभर हायर गर्थें। म अत्याधिक दबाबमा थिएँ।
अन्ततः मैले पसल खोज्नैपर्ने भयो। थापाथलीतिर जाँदा सातदोबाटोमाथि लगनखेल जाने बाटोमा ग्राउन्ड फ्लोरमा कपडा पसल बिक्रीमा रहेछ। मैले फोन गरेर कुरा गरें, हेर्न गएँ। लेडिज फेन्सी पसल रहेछ। ७ लाख चानचुन भनेको, मैले बार्गेनिङ गरेर ६ लाख ७५ हजारमा डिल गरें। मैले १ लाख रुपैयाँ आफैँले दिएँ र पछि बाँकी पैसा क्लियर गरेर चाबी उहाँलाई जिम्मा लगाएँ।
पहिलो भेटघाटको त्यो फोटोको प्रमाण नै मेरो लागि दुर्भाग्य साबित भयो। त्यसैले गर्दा यो सबै ब्ल्याकमेलको चक्र चल्यो। पसलको सामान ल्याउनका लागि पनि १ लाख ५० हजारभन्दा बढी पैसा दिएँ, जसको हिसाब किताबै छैन। त्यो बेला दोस्रो लकडाउनको अन्तिमतिर थियो। पसल चलाउन छोडेर उहाँ कोठा पनि सर्नुभयो। पसल नखोल्ने र पैसा मागिरहने गर्न थाल्नुभयो। एकदिन उहाँले अस्ति मैले एउटा भिडियो सुट गरेको कस्तो राम्रो आएछ भन्नुभयो। म त झसंग भएँ मैले भिडियो खिच्नुभएको होर भन्दा उहाँले के हुन्छ र के फरक पर्छ रर भन्नुभयो। मैले त्यतिखेर उहाँका हर्कतका प्रमाण राख्न सक्थेँ, तर भोलि मोबाइलबाट लिक हुने वा ह्याक हुने डरले राखिनँ।उहाँलाई ड्रिंक्स र दोहोरी डिस्को त पेसा नै जस्तो थियो। खाएर टिकटकमा फोटो र भिडियो पनि आइरहन्थ्यो। पसल चलाउन छोडेर भाडा तिर्दैमा म हैरान भएँ। उहाँले मलाई यो पसल भएन, अलि राम्रो चल्ने खालको खतरा पसल चाहियो भन्नुभयो। मैले मेरो यत्रो पैसा गइसक्यो, म सक्दिनँ, के गर्नुपर्छ गर्नु भन्दा फेरि भिडियोको कुरा गर्नुभयो। मेरो दिमाग घुम्यो मैले आफ्नो मोबाइल फुटाइदिएँ, फोटो र भिडियो नष्ट हुन्छ भन्ने सोचेर। तर त्यो आइक्लाउडमा बस्दो रहेछ भन्ने पछि थाहा भयो।
मैले उहाँलाई फकाएर पासपोर्ट माग्ने प्रयास गरें, किनकि एकजना दाइसँग सल्लाह गर्दा मोबाइलको लक वा पासपोर्ट पाए केही व्यवस्था गर्न सकिन्छ भन्नुभएको थियो। दुईवटा आइफोन मैले किनेको थिएँ, एउटा मैले फुटालें, एकचोटि उहाँले नै फुटालिदिनु भएछ। मैले किन्नेबाहेक अरू उपाय नै थिएन।
त्यसबेलासम्म मेरो लगभग १ करोड हाराहारीमा लगानी भइसकेको थियो। मैले उहाँलाई यो चाहिँ लास्ट हो, अब म सक्दिनू भनें। उहाँले हुन्छू भन्नुभयो। भिडियोको के हुन्छ र भन्दा केही हुँदैन, मैले त गफ दिएको नि भन्नुभयो। मैले विश्वास गरें।
त्यसपछि बाउनधारा चोकमा ७ लाख चानचुनमा फेरि अर्को फेन्सी पसल किनेँ। त्यसको ज्वेलरी डिजाइनर कम्पनी दर्ता गराउने काम पनि मलाई नै लगाउनुभयो। त्यसको आधा डकुमेन्ट मसँग छ। यसरी दुईवटा पसलको भाडा तिर्नुपर्ने भयो, किनकि उहाँले सातदोबाटोको पसल पनि छोड्नुभएको थिएन। भाडा तिर्ने बेला भएपछि उहाँले धेरै दबाब दिनुहुन्थ्यो, म डराएर दिन्थें।
यसैबीच मैले बैंकमा लोन थप्नुपरेको थियो। राम्रै व्यापार गरिरहेको देखाएर केही प्रोपर्टी जोड्छु भन्दै बैंकसँग लोन थपें। एउटा घर किनेको थिएँ, जुन मिसेसको जन्मदिनमा उपहार दिने र आफैँ बस्ने सोचमा थिएँ। तुल्साजीले कसरी थाहा पाउनुभयो कुन्नि सायद अटोलाइनमा काम गर्ने मान्छेहरूबाटै होला  मलाई सेफ्टी भएन, म यहाँ मरेँ भने तँलाई नै दोष आउँछ, तैले त्यो घरमा बस्नुपर्यो भन्न थाल्नुभयो। मलाई आफत पर्यो। मैले सक्दिनँ भन्दा म तेरो घरमा नै जान्छु, घरमै गएर कुरा गर्छुू भन्दै धम्क्याउनुभयो।
एकदिन साँझ ७ बजेतिर म घर निस्कँदै थिएँ, उहाँले पिछा गर्नुभयो। मैले किनेका दुईवटा बाइक डिओ र अप्रीला ( जुन अहिले प्रहरी नियन्त्रणमा छ )मध्ये अप्रीला बाइकमा उहाँ पिछा गरिरहनुभएको रहेछ। गाबिसबाट ओरालो झरेर हेर्दा हो रहेछ। मैले आउँदैन होला, धम्क्याएको मात्रै होला भन्ठानेको त ठ्याक्कै घर छिर्ने गेटसम्मै पछि-पछि आउनुभयो। मैले माफी मागेर बल्ल-बल्ल फर्काएँ। रातभरि निद्रा लागेन, तनावमा थिएँ। मिसेसले के भयो भन्दा सञ्चो भएन भनें।
अन्ततः मैले घरमा बस्न दिएँ। त्यहीँ बसिरहेकी तुल्साजीले एकदिन पोखरा जान्छु भन्नुभयो। टिकट काटिदिएँ। तीन चार दिन घुमेर फर्किएपछि म त स्टोन र मोतीको काम गर्ने भएँ, मलाई २५ लाख रुपैयाँ दिनु नू भन्नुभयो। मेरो बैंकमा त्यतिखेर ६ करोड ७० लाख रुपैयाँ लोन थियो। मैले बैंकसँग रिक्वेस्ट गरेर १० करोड ७० लाख रुपैयाँ लोन पुर्याएँ ।हिमालयन बैंक, साबिक सिभिल बैंक त्यसबाट २५ लाख रुपैयाँ उहाँलाई दिएँ। उहाँले मलाई हली नै बनाउनुभएको थियो, मेरो अफिस छोडेर उहाँको पछि लाग्नुपर्थ्यो।अन्तिम प्रहार र ब्ल्याकमेलको पराकाष्ठा
बिस्तारै उहाँले सोसल मिडियामा भाइरल गराइदिने धम्की दिन थाल्नुभयो। म इन्डियामा सामान सस्तो पाइन्छ रे, तेरो पैसा नि तिर्छु, मलाई ५० लाख चाहिँ यो चोटिलाई हाल्दे भन्नुभयो। मैले दिन्नँ भन्दा भाइरल गराइदिन्छु भनिसकेपछि डरले दिनुपर्यो। त्यतिखेर सुसाइड गर्न पनि मन लागेको थियो। मेरो केही कमीकमजोरी भए होलान्, तर त्यसको अर्थ यो थिएन कि उहाँले पटक-पटक मेरो सबथोक सकाएर मलाई सडकमा पुर्याउने योजना बनाउनुभएको थियो। उहाँको योजना नै मलाई रोडमा आएको देख्ने रहेछ।
उहाँले इन्डियामा कसरी कन्ट्याक्ट गर्नुभयो, मलाई थाहा छैन। पैसा क्यास निकालेर राख, खातामा हाल्ने होइन, क्यासै लिन्छन् रे, नेपालमा मान्छे हुन्छन् रे भन्नुभयो। मैले तीन दिन लगाएर क्यास निकालें, केही गाडी बिक्रीको र अरू पैसा। उता पुगेपछि सामान किनिसकें, मान्छे पठाइदिन्छु, यो ल्यायो भने दिनुू भन्नुभयो। ह्वाट्सएपमा पाँचको नोटको फोटो पठाउनुहुन्थ्यो। त्यो नोट लिएर आउने व्यक्तिलाई मैले पैसा दिएर त्यो नोटको फोटो खिचेर उहाँलाई पठाएपछि रिसिभ भयो भन्ने पुष्टि हुने रहेछ। यो एक किसिमको हुण्डी र ब्ल्याकमेलिङ थियो।
यसरी पैसा दिँदै जाँदा मेरो धेरै पैसा गइसकेको थियो। केही समयपछि चाइनामा चौबर फाइदा हुन्छ, त्यहाँबाट सामान ल्यायो भने, तिमीले मलाई १ करोड हाल्दिनुपर्यो भन्नुभयो। फेरि १ करोड कसरी दिने भन्ने तनाव भयो। मैले अफिसमा एकाउन्टेन्टलाई नयाँ प्रोजेक्ट गर्न लागेको छुू भन्दै पैसा निकाल्थें। गाडी किनिसकेपछि पैसा त पे गर्नुपर्यो नि। मेरो सबै पैसा उतातिर लगानी हुँदै गयो। मैले झगडा गर्दा फिर्ता दिन्छुू भन्नुहुन्थ्यो। तर फेरि सोसल मिडियामा हाल्दिएँ भने त मेरो उपाय नै छैनू भन्ने डर थियो।
पछिल्लो समय मैले पैसा दिने व्यक्तिहरूलाई म पैसा ल्याउन सक्दिनँ, खाता नम्बर पठाउनुस् भन्न थालेँ। २ करोडभन्दा माथिको भाउचर मसँग सुरक्षित छ, विभिन्न कम्पनी र व्यक्तिहरूको। पैसा रिसिभ गर्न आएका एक व्यक्तिको फोटो र यति पैसा लगेँ भन्याको भ्वाइस म्यासेज पनि मैले राखेको छु। यो सब प्रमाण तुल्सा अधिकारीलाई उहाँकै ह्वाट्सएपमा पनि पठाएको छु।मैले धेरै मुश्किलले ९० लाख रुपैयाँ जम्मा पारेँ। कतिपय गाडीहरू सङ्कटी र घाटामा बेचेँ होला। त्यो पैसा पनि उहाँले नोटका फोटो पठाएर तीन व्यक्तिलाई अपार्टमेन्टमा लगेर दिन लगाउनुभयो। ती व्यक्तिहरूको नाम मैले अहिले तोकेर भन्न सक्दिनँ, तर अदालतले बोलाए बोलाउला। प्रहरीले कागज पनि गरिसकेको छ। अपार्टमेन्टमा तीनचोटि गएर ७० लाख, लगनखेलमा दुईजना व्यक्तिलाई तीनचोटिमा ६० लाख, नर्देवी झोलुंगे पुलमा ६० लाख र न्यूरोडमा एक नेवारलाई २० लाख रुपैयाँ दिएको छु। यी सबै पैसा रिसिभ गर्न आउनेहरू पुरुष थिए। उनीहरूले यहाँ पैसा लिएपछि इन्डिया वा चाइनामा पैसा दिने हुण्डीको काम गर्दा रहेछन्। कालिकास्थानमा पनि एकजना इन्डियनलाई ३९ लाख रुपैयाँ दिएको छु।
यसरी पटक-पटक मेरो भिडियो भएको बहानाले इन्डिया र चाइना जाँदा उहाँले ९० लाख रुपैयाँ लैजानुभयो। सामान के ल्याउनुभयो, के गर्नुभयो, मलाई थाहा छैन।
एकदिन मैले उहाँलाई हिसाब गरेर कोठा भाडा बाहेक तपाईंलाई ३ करोड ९० लाख भयो है भनेर म्यासेज गरें। तर, मैले त्यो म्यासेज डिलिट गरें, किनकि मेरी मिसेसले थाहा पाएर मलाई डबल टर्चर दिन्छिन् भन्ने डर थियो। अहिले भने मेरो मिसेस र ससुरालीका सबै सदस्यलाई यो घटनाबारे थाहा छ। तुल्साजीले उल्टो तैले मलाई ब्ल्याकमेल गर्न खोजेको हो भन्नुभयो।
त्यस्तै हुँदै थियो। एकचोटि इन्डियाको जयपुरमा पुगेपछि उहाँले फेरि ५० लाख रुपैयाँ डिमान्ड गर्नुभयो र अर्को पसल खोजिदिन भन्नुभयो। इमाडोलको पसल सानो भएकोले ठूलो पसल चाहियो भन्नुभयो। मैले होस हवास गुमाएको थिएँ। म्याम, उहाँ अरूसँग पनि सम्बन्धमा हुनुहुन्थ्यो भन्ने मलाई थाहा थिएन। मैले उहाँलाई तपाईंले मलाई बाध्य पार्दै हुनुहुन्छ, मार्दै हुनुहुन्छू पनि भनेँ। मैले उहाँलाई एकचोटि मेडिकल चेक गराउँछु पनि भन्या थिएँ।
जयपुरबाट फर्किएपछि मैले कुमारीपाटीस्थित नबिल बैंक भएको बिल्डिङछेउमा एउटा पसल भाडामा देखेँ। सोधेँ, कुरा गरें। घरपेटीले अर्को व्यक्तिलाई पुरै बिल्डिङ दिएको रहेछ, उसँग कुरा गरेँ। महिनाको ९० हजार भाडा भनेकोमा मैले ७० हजारमा मिलाएँ। चार महिनाको भाडा एडभान्स दिनुपर्ने भयो। सबै कुरा मिलाएर डेकोरेसनका लागि ११ लाख रुपैयाँ जति खर्च गरेँ र उहाँलाई चाबी जिम्मा लगाएँ।यसरी ब्ल्याकमेल गर्दैगर्दै उहाँले २ लाख, ४ लाख गर्दै कति पैसा लिनुभयो, हिसाब छैन। एकपटक भूकम्प गएको बेला उहाँले २/३ सय ज्याकेट ल्याएर बाँड्न लगाउनुभयो। त्यो खर्च पनि मैले नै गरें। ब्यानरहरू पनि बनाउनुपर्यो। भरत क्षेत्रपाल भन्ने व्यक्तिसँग उहाँ अहिले सँगै छन्।
यहीबीच उहाँले मेरी मिसेसलाई पिछा गर्न थाल्नुभयो। मेरी मिसेसले त्यो स्कुटर पिछा लागेको छू भन्नुहुन्थ्यो। मैले नडराउनु, केही गरेँ भने पुलिस पठाउँछु भन्दै सान्त्वना दिएँ। एकदिन बिहान मेरी मिसेस पसल जाँदै गर्दा ठ्याक्कै घरतिर जान लागेको स्कुटर मोडेर पिछा गर्यो। मैले छोरा पठाइदिएँ, तर स्पिड बढाएर भाग्यो। त्यसपछि मेरी मिसेस यिनीहरूले हामीलाई मार्छन् कि क्या हो भन्न थाल्नुभयो। मैले नडराऊ, यिनीहरू मुछिएका छन्, डाइरीमा लेखेर राख्यौँ है भनें। मेरी मिसेसले पहिलेदेखि नै ड्राइरीमा घटनाहरू लेखेर राखेकी रहिछन्।
साउन २२ गते केही दिनअगाडि मेलिका लामिछाने वा नेहा र एकजना अर्को व्यक्ति आएर मेरो स्टाफसँग नम्बर मागेछन्। मेलिकाले मलाई फोन गरेर सर नमस्ते, भेट्न आएकोू भन्नुभयो। मैले अफिसमै आउनुस् भन्दा बाहिरै भेटौ भन्नुभयो। मैले बाहिर भेट्दिनँ भन्दा कामको लागि हो, आउने भए आउनु, नआउने भए नआउनुू भन्नुभयो। मैले तलको अफिसमा बोलाएँ। मोबाइलमा रेकर्ड गर्ने सोच थियो, तर फोन आइरहने समस्याले गरिनँ। उहाँले तँलाई जबर्जस्ती केस दर्ता भैसक्यो, कसरी मिलाउने हो, म भन्न आएको, ल तेरो माया लाएको भनेर आएको भन्नुभयो। म अलि हतारिएर गएँ। त्यसपछि फेरि दुई-चार दिनपछि इन्डिया गएँ। इन्डियामा पुगेर म हाल्दिन्छु, तैले मलाई पत्ताएकै छैनस्, मेरो बाउको छोरी नै होइन भन्दै धम्क्याउन थाल्नुभयो। म हारेँ, हरेस खाएँ।
बैंक खाताको रहस्य र ब्ल्याकमेलको यथार्थ
अन्ततः उहाँले पसल बेचें, ५० लाख रुपैयाँ आएको छ, ल मैले हाले भन्नुभयो। तर फेरि मलाई १ करोड चाहिन्छ भन्नुभयो। मैले पसल बेचें, रित्तै भएँ। त्यसपछि उहाँसँग त्यस्तो शारीरिक सम्बन्ध भएन, भेटघाट मात्र एकचोटि भयो। मैले सक्दिन भन्दा उहाँले यति धेरै डर देखाउनुभयो। रेप केस हाल्छुू भन्नुभयो। म डराएँ, उपाय थिएन। मैले ५० लाखभन्दा बढी दिन सक्दिनँ भन्दा पनि ८५ लाख रुपैयाँ दिएँ।
उहाँले जुन मेरो खातामा १ करोड ४० लाख रुपैयाँ पैसा आएको छ भन्नुभएको छ, त्योमध्ये लगभग ८०/९० लाख पैसा मैले क्यास उठाएर उहाँको खातामा हाल्न लगाएको हो। ५० लाख उहाँको पसलमा बचेको पैसा होला। मेरो बैंकको स्टेटमेन्ट हेर्दा थाहा हुन्छ, उहाँ इन्डिया वा चाइना जानुभन्दा एक, दुई वा तीन दिनअगाडि मात्र त्यो पैसा मेरोमा ट्रान्सफर गर्नुहुन्थ्यो। उहाँ इन्डिया गइसकेपछि मैले त्यो पैसा झिकेर उहाँले खटाएका मान्छेहरूलाई दिन्थें।
यस घटनामा मुख्य मतियारका रूपमा इन्डियामा मोहित चोप्ला वा मोहित सिंहला भन्ने व्यक्तिहरू छन्। तुल्सा अधिकारी आफैँलाई इन्स्पेक्टर तुल्सा अधिकारी भनेर चिनाउनुहुन्थ्यो।
मैले कुनै पनि स्वार्थबिना, प्रहरीलाई चाहिने भएकोले सुत्ने र बस्ने व्यवस्था पनि गराइदिन्थें। मेरो जीवनका यी घटनाहरूले मलाई पूर्ण रूपमा थला पारेको छ। यो ब्ल्याकमेलको चक्रबाट बाहिर निस्कने प्रयासमा छु।

Facebook Comments Box
TOP
251 Shares