
प्रहरीमा व्यापक सरुवा तयारी : काठमाडौं–ललितपुरका एसएसपीदेखि तराईका एसपीसम्म हेरफेर हुने
काठमाडौं । नेपाल प्रहरीमा ठूलो स्तरको सरुवाको तयारी अघि बढाइएको छ। प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसएसपी तहसम्मका अधिकृतहरूको हेरफेर प्रक्रिया अगाडि बढाएको हो।
प्रहरी महानिरीक्षक निकट स्रोतका अनुसार एक वर्ष अवधि पूरा गरेका कार्यालय प्रमुखहरूलाई प्राथमिकतामा राखेर सरुवा सूची तयार भइरहेको छ। यसपटक विभिन्न जिल्लाका प्रहरी प्रमुखसँगै काठमाडौं उपत्यकाका महत्वपूर्ण कमाण्डसमेत फेरिने सम्भावना रहेको बताइएको छ।
काठमाडौं र ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपीहरूको सरुवाको तयारीसमेत अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ। दुवै अधिकृतले करिब आठ महिना नेतृत्व सम्हालिसकेका छन्। यसअघि काठमाडौं प्रहरी परिसरका प्रमुखहरू प्रायः छ महिनामै परिवर्तन हुने अभ्यास रहेकामा हालका प्रमुख एसएसपी रमेश थापाले अपेक्षाकृत लामो समय नेतृत्व गरिरहेका छन्।
काठमाडौं प्रहरी परिसरको नेतृत्वका लागि आधा दर्जनभन्दा बढी एसएसपीहरूले तीव्र लबिङ सुरु गरिसकेको प्रहरी वृत्तमा चर्चा छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीको पनि कार्यकाल एक वर्ष पुग्न लागेको छ। त्यससँगै विभिन्न तालिम केन्द्रमा कार्यरत एसएसपीहरूको समेत जिम्मेवारी हेरफेर गर्ने तयारी भइरहेको बताइएको छ।
प्रहरी मुख्यालयले कार्यसम्पादन कमजोर देखिएका केही जिल्लाका एसपीमाथि पनि समीक्षा थालेको छ। विशेषगरी तराईका जिल्लामा कार्यरत केही प्रहरी प्रमुखविरुद्ध गुनासा बढेपछि उनीहरूको जिम्मेवारी परिवर्तन हुन सक्ने संकेत देखिएको छ। सुनसरीका एसपी केशव थेवे र सप्तरीका एसपी गौतम केसीको कार्यशैलीबारे समेत मुख्यालयमा उजुरी पुगेको स्रोतले जनाएको छ।
त्यस्तै, विभिन्न जिल्लामा कार्यरत डीएसपीहरूको पनि सरुवा सूची तयार भइरहेको छ। विशेषगरी तराईका जिल्लामा ट्राफिक इन्चार्ज भएर जान इन्सपेक्टरहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
हाल गृहमन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालिरहेका छन्। तर प्रहरी सरुवामा प्रधानमन्त्रीले प्रत्यक्ष चासो नदिएको स्रोतको दाबी छ। प्रधानमन्त्री सचिवालयसँग समन्वय गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरुवाको गृहकार्य अगाडि बढाएको बताइएको छ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



