

राष्ट्रियसभा बैठक आज बस्दै: नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीको जवाफको सम्भावना
काठमाडौं — संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बिहान ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।
संघीय संसद्को संयुक्त बैठकमार्फत सोमबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ प्रधानमन्त्री Balen Shah ले दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रियसभा अध्यक्षले नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ । सत्ता र प्रतिपक्षबीच नीति तथा कार्यक्रमका प्राथमिकता, कार्यान्वयन क्षमता तथा आर्थिक सुधारका विषयमा आजको बैठकमा तीव्र बहस हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, अर्थमन्त्री Swarnim Wagle ले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव (कर प्रस्तावबाहेक) छलफलका लागि सदनमा पेश गर्ने कार्यसूची पनि रहेको छ ।
सरकारले आगामी बजेटमार्फत आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सेवा प्रवाह सुधारलाई मुख्य प्राथमिकतामा राख्ने तयारी गरेको बताइएको छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई आगामी बजेट निर्माणको आधारका रूपमा हेरिएको छ ।
समाज
थप सामाग्री-
सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !
-
सर्वोच्चद्वारा सीईओ पाण्डे पक्राउबारे कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो
-
सडक दुर्घटना रोकथामका लागि “डिफेन्सिभ ड्राइभिङ” अनुशिक्षण सम्पन्न
-
सिंहदरबारदेखि सडकसम्म ट्राफिक निगरानी : कानुनको समानता कि व्यवस्थापकीय कठोरता ?
-
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’, वालेन सरकारको ऐतिहासिक निर्णय
प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
९ घण्टा अगाडि
1.6kViews 435 Shares Share on Facebook Share on Twitter पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा…



