

सरकारको निर्णयपछि पुन उत्साहित
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी छुट्टै मन्त्रालय गठनको माग अन्ततः सरकारले सम्बोधन गरेको बताएका छन् । सरकारको निर्णयपछि पुन उत्साहित देखिएका छन् भने यसलाई देशको भविष्यसँग जोडिएको ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् ।
दुई दिनअघि प्रतिनिधिसभा बैठकमै विज्ञान र प्रविधिका लागि छुट्टै मन्त्रालय आवश्यक रहेको आवाज उठाएका पुनले तीन साताअघि प्रधानमन्त्रीलाई लिखित रूपमा समेत यही माग पेश गरेका थिए । सरकारद्वारा नयाँ मन्त्रालय गठनको निर्णय सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद दिँदै “दीर्घायुको कामना” समेत गरेका छन् ।
तर सबैभन्दा बढी चर्चा भने पुनको एउटा भावनात्मक अभिव्यक्तिको भइरहेको छ । उनले लेखेका छन्,
“रिसको झोकमा नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्छु ।”
उनको यो भनाइ सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक रूपमा चर्चामा आएको छ । लामो समयदेखि विज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई राज्यको प्राथमिकतामा राख्न दबाब दिँदै आएका पुनले अब देशभक्त वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक तथा नवप्रवर्तन क्षेत्रमा काम गरिरहेका विज्ञहरूलाई नयाँ मन्त्रालय प्रभावकारी बनाउन ठोस योजना र सुझावसहित छलफलमा आउन आह्वान गरेका छन् ।
पुनले विज्ञान र प्रविधिमा लगानी बढाए मात्र देश आत्मनिर्भर बन्न सक्ने धारणा निरन्तर राख्दै आएका छन् । ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारदेखि अनुसन्धान संस्कृतिको विकाससम्मका अभियानमा सक्रिय उनले नयाँ मन्त्रालय गठनलाई “नेपालको विकास मोडेल परिवर्तन गर्ने अवसर” का रूपमा समेत चित्रण गरेका छन् ।
सरकारको यो निर्णयसँगै विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई अब संस्थागत प्राथमिकता मिल्ने अपेक्षा गरिएको छ । राजनीतिक तथा प्रविधि वृत्तमा यसलाई नेपालमा अनुसन्धान र नवप्रवर्तनको नयाँ युग सुरु गर्ने संकेतका रूपमा हेरिएको छ ।
समाज
थप सामाग्री-
सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !
-
सर्वोच्चद्वारा सीईओ पाण्डे पक्राउबारे कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो
-
सडक दुर्घटना रोकथामका लागि “डिफेन्सिभ ड्राइभिङ” अनुशिक्षण सम्पन्न
-
सिंहदरबारदेखि सडकसम्म ट्राफिक निगरानी : कानुनको समानता कि व्यवस्थापकीय कठोरता ?
-
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’, वालेन सरकारको ऐतिहासिक निर्णय
प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
९ घण्टा अगाडि
1.6kViews 435 Shares Share on Facebook Share on Twitter पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा…



