

सुन र चाँदी दुवैको मूल्य बढ्यो, तोलामा तीन सय र ३५ रुपैयाँले वृद्धि
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावसँगै स्थानीय बजारमा पनि सुन र चाँदी दुवै महँगिएका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्दै तीन लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको छ । बुधबार यही सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर पाँच हजार ७४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य लगातार उकालो लागिरहेकाले नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरू बताउँछन् । सुनचाँदीको मूल्य बढेसँगै लगानीकर्ता र सर्वसाधारणको चासो समेत बढ्न थालेको छ ।
समाज
थप सामाग्री-
सेटिङका बादशाह अच्युत खरेल : अर्बौंका ठेक्कादेखि नक्कली भ्याटसम्म, राज्य दोहनको संगठित जालो !
-
सर्वोच्चद्वारा सीईओ पाण्डे पक्राउबारे कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो
-
सडक दुर्घटना रोकथामका लागि “डिफेन्सिभ ड्राइभिङ” अनुशिक्षण सम्पन्न
-
सिंहदरबारदेखि सडकसम्म ट्राफिक निगरानी : कानुनको समानता कि व्यवस्थापकीय कठोरता ?
-
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’, वालेन सरकारको ऐतिहासिक निर्णय
प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
९ घण्टा अगाडि
1.6kViews 435 Shares Share on Facebook Share on Twitter पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा…



