सीआईबीद्वारा एनसेल मुख्यालयमा छापा, स्मार्ट टेलिकम लिलामी प्रकरणमा अनुसन्धान तीव्र

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दूरसञ्चार सेवा प्रदायक एनसेलको केन्द्रीय कार्यालयमा छापा मारेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पत्राचारका आधारमा अघि बढाइएको अनुसन्धानका क्रममा सीआईबीले कार्यालयमा पुगेर केही कागजात नियन्त्रणमा लिएको जनाएको छ ।

स्मार्ट टेलिकमको टावर तथा अन्य सम्पत्तिको लिलामी र त्यसपछिको स्वामित्व हस्तान्तरण प्रक्रियासम्बन्धी विवादमा अनुसन्धान केन्द्रित रहेको सीआईबी स्रोतले जनाएको छ । सोही प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग सम्बन्धित उच्च तहका अधिकारीसमेत अनुसन्धानको दायरामा परेका छन् ।

यसै प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् ।

अनुसन्धानका क्रममा स्मार्ट टेलिकमका सम्पत्तिको लिलामी प्रक्रियामा अनियमितता भएको आशंका गर्दै विभिन्न पक्षको संलग्नताबारे थप अध्ययन भइरहेको बताइएको छ । सीआईबीले फर्जी कम्पनी खडा गरी सम्पत्ति हस्तान्तरण गरिएको दाबीसमेतका विषयमा प्रमाण संकलन गरिरहेको छ ।

त्यसैगरी एनसेलको सेयर खरिद–बिक्रीसँग सम्बन्धित कारोबार र विदेशमा रकम पठाउने प्रक्रियाबारे पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अलग्गै छानबिन गरिरहेको जनाइएको छ ।

अनुसन्धान जारी रहेकाले सबै आरोप तथा दाबीहरू प्रमाणित नभएको अधिकारीहरूले स्पष्ट पारेका छन् ।

Facebook Comments Box
प्रहरी कार्यालयमा ‘पञ्चायती’ भेला रोक्न आईजीपी कार्कीको निर्देशन, सेवा केन्द्र भवन उद्घाटन
९ घण्टा अगाडि

1.6kViews 435 Shares Share on Facebook Share on Twitter पर्सा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न मुद्दाका नाममा…

TOP
458 Shares