
गुणस्तरमा गम्भीर लापरबाही : मालपानीको कम्पनीका चाउचाउसहित विभिन्न खाद्य वस्तु बजारबाट फिर्ता गर्न आदेश
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड उल्लंघन गरेको भन्दै बजारमा बिक्री भइरहेका विभिन्न खाद्य वस्तु तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । विभागको पछिल्लो अनुगमनमा दुई प्रकारका चाउचाउ र एक बिस्कुटमा अनिवार्य गुणस्तर मापदण्ड पूरा नभएको भेटिएपछि यस्तो कदम चालिएको हो ।
विभागका अनुसार यशोधा फुड्स प्रालिद्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’मा सरकारले तोकेको मापदण्डअनुसार एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु कायम नभएको पाइएको छ । खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको यस्तो कमजोरी भेटिएपछि विभागले ती उत्पादन तत्काल बजारबाट हटाउन आदेश दिएको जनाएको छ ।
यशोधा फुड्स प्रालिका सञ्चालक कमलकिशोर मालपानी हुन् । मालपानी यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग जोडिएको ‘ल्यान्ड रोभर’ विवादका कारण चर्चामा आएका थिए । चुनावी प्रचारका क्रममा प्रयोग गर्न दिएको करिब ७ करोड रुपैयाँ मूल्यको गाडीलाई लिएर व्यापक आलोचना भएपछि बालेनले उक्त गाडी फिर्ता गरेका थिए ।
यसैबीच, सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिद्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट पनि गुणस्तर परीक्षणमा असफल भएको विभागले जनाएको छ । विभागका अनुसार उक्त बिस्कुटले समेत निर्धारित खाद्य मापदण्ड पूरा नगरेपछि उत्पादन तथा वितरण रोक्न र बजारबाट फिर्ता गर्न कम्पनीलाई निर्देशन दिइएको हो ।
विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि कुनै सम्झौता नगर्ने स्पष्ट गर्दै गुणस्तरहीन खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने उद्योगमाथि निगरानी थप कडा बनाइने जनाएको छ । साथै, उपभोक्तालाई पनि यस्ता उत्पादन खरिद गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



