
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरण: उच्चपदस्थसम्म अनुसन्धानको दायरा विस्तार, राष्ट्र बैंकको भूमिकामाथि प्रश्न
काठमाडौं । स्मार्ट टेलिकमको करिब पाँच अर्ब रुपैयाँ बराबरको सम्पत्ति लिलामी तथा व्यवस्थापनसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा उच्चपदस्थ अधिकारीहरूको संलग्नता भएको आरोपसँगै अनुसन्धानको दायरा विस्तार हुँदै गएको छ ।
प्रहरी अनुसन्धान स्रोतका अनुसार सरकारको स्वामित्वमा आइसकेको सम्पत्ति लिलामी प्रक्रियामार्फत व्यवस्थापन गर्दा कानुनी प्रक्रिया पालना नभएको भन्दै विभिन्न निकायहरूको भूमिकामाथि पनि प्रश्न उठेको छ । यस क्रममा नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर विश्व पौडेल तथा पूर्वगभर्नर महाप्रसाद अधिकारीसमेत अनुसन्धानको प्रारम्भिक दायरामा रहेको दाबी गरिएको छ ।
दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति तथा खातासम्बन्धी विषयमा बारम्बार पत्राचार गर्दै लिलामी प्रक्रिया रोक्न वा कानुनी प्रक्रिया सुनिश्चित गर्न आग्रह गरेको भए पनि त्यसअनुसार समन्वय नभएको आरोप प्राधिकरण स्रोतले लगाएको छ । प्राधिकरणका अनुसार सरकारको स्वीकृतिबिना गरिएको लिलामी प्रक्रिया कानुनविपरीत हुने भन्दै सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिन समेत अनुरोध गरिएको थियो ।
प्रहरी अनुसन्धानसँग नजिक स्रोतका अनुसार स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएपछि कम्पनीको सम्पत्ति सरकारको नाममा आएको अवस्थामा पनि केही सम्पत्तिहरू बैंकिङ प्रक्रियामार्फत लिलामी गरिएको विषयमा प्रश्न उठेको छ । सोही क्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ परिसकेका छन् भने केही कर्मचारीमाथि पनि अनुसन्धान भइरहेको बताइएको छ ।
बैंकले भने ऋण असुलीका लागि प्रचलित कानुनी प्रक्रिया अनुसार नै लिलामी गरिएको दाबी गर्दै आएको छ । यता प्राधिकरणले भने लिलामी प्रक्रिया अघि बढाउन औपचारिक अनुमति नदिएको र प्रक्रिया विवादित भएको दाबी गरेको छ ।
अनुसन्धानका क्रममा स्मार्ट टेलिकमका पूर्वसञ्चालक तथा अन्य सरोकारवाला व्यक्तिहरूको भूमिकामाथि पनि छानबिन भइरहेको बताइएको छ । साथै एनसेलसँग सम्बन्धित केही लगानीकर्ता र सञ्चालकहरूको सम्भावित संलग्नताबारे समेत अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।
हालसम्म यस प्रकरणमा चार जनालाई पक्राउ गरिएको र थप करिब एक दर्जन व्यक्ति अनुसन्धानको दायरामा रहेको जानकारी प्रहरी स्रोतले दिएको छ । अनुसन्धान जारी रहेकाले अन्तिम निष्कर्ष आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१५ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



