एसपी सिताराम रिजालको नेतृत्वमा रौतहट प्रहरीको कडा अभियान : २११ फरार अपराधी पक्राउ, ३८ वर्षभन्दा बढी कैद कार्यान्वयन

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरी प्रमुख एसपी सिताराम रिजालको सक्रिय नेतृत्व र निर्देशनमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका २११ जना पक्राउ परेका छन्।

प्रहरीले फरार अपराधीविरुद्ध ‘शून्य सहनशीलता’ नीति अपनाउँदै जिल्लाभर निरन्तर अपरेशन सञ्चालन गरिरहेको जनाएको छ। पछिल्ला तीन दिनमै मात्रै ३४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। बिहीबार ५ जना तथा त्यसअघिका दुई दिनमा २९ जना पक्राउ परेका थिए।

पक्राउ पर्नेमा चेक अनादर मुद्दाका धनराज पण्डित र नगिना साह सोनार, लागूऔषध मुद्दाका निरज यादव, ज्यान मार्ने उद्योगका राजेश महतो तथा चोरी मुद्दाका विश्वेश्वर महतोसहितका प्रतिवादी रहेका छन्। उनीहरू लामो समयदेखि अदालतको फैसला कार्यान्वयनबाट बच्दै फरार रहँदै आएका थिए।

साउनदेखि वैशाखसम्म सञ्चालन गरिएको अभियानबाट प्रहरीले २७ लाख २० हजार ५४ रुपैयाँ जरिवाना असुल गर्न सफल भएको छ। साथै अदालतले तोकेको ३८ वर्ष १९७ महिना १७० दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ।

प्रहरी तथ्यांकअनुसार वैशाख महिनामा मात्रै सबैभन्दा बढी ५३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। मंसिरमा ३४, माघमा २१ तथा असोज र चैतमा १८–१८ जना पक्राउ परेका थिए।

चालु आर्थिक वर्षमा रौतहटमा ९१० मुद्दा दर्ता भएका मध्ये ५८६ जना प्रतिवादी पक्राउ परिसकेका छन्। अझै ७४० जना फरार रहेकाले खोजी अभियानलाई थप प्रभावकारी बनाइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

एसपी सिताराम रिजालको नेतृत्वमा रौतहट प्रहरीले फरार अपराधी नियन्त्रण, अदालतका फैसला कार्यान्वयन र कानुनी शासन कायम गर्न आक्रामक रूपमा अभियान अघि बढाएको भन्दै स्थानीयस्तरमा समेत प्रहरीको कामको प्रशंसा हुन थालेको छ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि

2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
161 Shares