

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न
1.4kViews
204
Shares
काठमाडौँ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा एक दिने करियर ओरिएन्टेड कार्यक्रम आयोजना गरिएकाे छ । इन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकाे विद्यार्थी शाखाले विद्यार्थीहरूको करियर विकास र उद्योग सम्बन्धी बुझाइलाई मजबुत बनाउने उद्देश्यले विशेष करियर सशक्तिकरण सत्र आयोजना गरेकाे हाे ।
“ब्रिज द ग्याप: क्याम्पसदेखि करियरसम्म” शीर्षकमा आयोजित कार्यक्रममा भविष्यका प्रविधि नेतृत्वकर्ताहरूलाई कर्पोरेट क्षेत्रका अपेक्षा, तयारी प्रक्रिया तथा व्यावसायिक यात्राबारे महत्वपूर्ण जानकारी दिइयाे । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पिपुल एण्ड कल्चरकी निर्देशक वर्षा विष्टले उद्योगका अपेक्षा करियर विकासका अवसरहरू तथा कलेज जीवनबाट कर्पोरेट जीवनतर्फको सहज संक्रमणका विषयमा जानकारी दिइन् ।
उनले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कार्यसंस्कृति, भर्ती प्रक्रिया तथा करियर निर्माणका व्यावहारिक पक्षबारे अनुभव साझा गरेकि थिइन् । आयोजकहरूले विद्यार्थीहरूलाई यो सत्रले अध्ययनदेखि पेशागत जीवनसम्मको यात्रा बुझ्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । साथै, प्रविधि क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले विद्यार्थीहरूकाे सिकाइसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले समयसमयमा यस्ता कार्यक्रमहरू गर्दै आइरहेकाे कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिनुभयाे ।
Facebook Comments Box
समाज
थप सामाग्री-
एनसेल–स्मार्ट टेलिकम प्रकरण : अनुसन्धान तीव्र तर प्रमुख व्यक्तिहरू विदेश, सीआईबीको कार्यक्षमतामाथि प्रश्न
-
दीपक भट्टमाथि तीन कसुरमा सिआइबीको छुट्टै छानबिन, सम्पत्ति शुद्धीकरण मुद्दा अन्तिम चरणमा
-
पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
आज जेठ ०४ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध ७ उजुरी
सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई कडा अपिल: ६५ वटा भ्रष्टाचार काण्डका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग
१९ घण्टा अगाडि
1.5kViews 289 Shares Share on Facebook Share on Twitter काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारलाई देशका ठूला…



