

पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको संयुक्त प्रभाव सक्रिय रहेकाले देशका केही क्षेत्रमा मौसम बदली भई वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।
महाशाखाका अनुसार आज कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहने सम्भावना छ। कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा मधेश प्रदेशमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी हिमाली, पहाडी तथा तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आगामी केही घण्टामा कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि औँल्याइएको छ।
मौसमविद्ले चट्याङ र वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



