

आज जेठ ०४ गते सोमबार,यस्तो छ तपाईको राशिफल
मेष- अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ।
वृष- समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ। मेहनत अनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ।
मिथुन- ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनत अनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला।
कर्कट- आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।
सिंह- कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्।
कन्या- आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। प्रयत्न गर्दा व्यवसायिक काम सम्पादन हुनेछन् । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।
तुला- लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।
वृश्चिक- साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ।
धनु- अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।
मकर- सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यवसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला । पढाइ लेखाइमा पनि प्रगति गर्न सकिने छ।
कुम्भ- व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउने छन् । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।
मीन- भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।
समाज
थप सामाग्री-
एनसेल–स्मार्ट टेलिकम प्रकरण : अनुसन्धान तीव्र तर प्रमुख व्यक्तिहरू विदेश, सीआईबीको कार्यक्षमतामाथि प्रश्न
-
दीपक भट्टमाथि तीन कसुरमा सिआइबीको छुट्टै छानबिन, सम्पत्ति शुद्धीकरण मुद्दा अन्तिम चरणमा
-
पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
आज जेठ ०४ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध ७ उजुरी
सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई कडा अपिल: ६५ वटा भ्रष्टाचार काण्डका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग
१८ घण्टा अगाडि
1.5kViews 289 Shares Share on Facebook Share on Twitter काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारलाई देशका ठूला…



