दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

वीरगञ्ज । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राखी अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले अनुमति दिएको छ।

बिहीबार पर्सा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुसन्धान कार्यलाई निरन्तरता दिन थप चार दिनको म्याद प्रदान गरेको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्गा प्रसाईं लाई प्रहरीले गत जेठ ४ गते सोमबार राति ‘जरुरी पक्राउ पुर्जी’का आधारमा नियन्त्रणमा लिएको थियो। पक्राउपछि अदालतबाट यसअघि तीन पटक म्याद थप भइसकेको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका अभिव्यक्ति, गतिविधि तथा अन्य प्रमाणहरूको आधारमा अनुसन्धान अघि बढाइएको छ। अदालतको पछिल्लो आदेशसँगै अनुसन्धान प्रक्रिया थप केही दिन जारी रहने भएको छ।

Facebook Comments Box
काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
१० घण्टा अगाडि

1.1kViews 445 Shares Share on Facebook Share on Twitter काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३”…

TOP
317 Shares