

रौतहटमा घुमुवा परिचालन र जुवा–तस्करी सेटिङको गम्भीर आरोप, एसपीदेखि इन्स्पेक्टरसम्मको नाम जोडियो
गौर (रौतहट) । जिल्ला प्रहरी कार्यालय रौतहटमा खटिएका घुमुवा प्रहरीको संरक्षणमा विभिन्न स्थानमा जुवा अखाडा सञ्चालन भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ । स्रोतका अनुसार घुमुवामार्फत मासिक दररेटमा असुली गर्दै जुवातास खेल्न–खेलाउन छुट दिइएको दाबी गरिएको छ ।
आरोपअनुसार कटहरिया क्षेत्रमा जुवा अखाडा सञ्चालनका लागि मासिक रकम बुझाइ “सेटिङ” मिलाइएको बताइएको छ । स्थानीय स्रोतहरूले जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल समेतलाई मासिक रकम बुझाइएको दाबी गरेका छन् । स्रोतका अनुसार एसपीको नाममा करिब १ लाख ५० हजार रुपैयाँ मासिक रूपमा घुमुवामार्फत असुली हुने गरेको आरोप छ ।
जिल्लाका एसपी सिताराम रिजाललाई समेत मासिक बुझाएर कटहरियामा जुवा अखाडा संचालन हुँदै आएका छन् । नसरुद्धिन र कुशवाहाले मासिक एसपी र घुमुवाहरुको लागि छुट्टाछुट्टै दररेट बुझाएर जुवा खेलाउने गरेका छन् । एसपीको नाममा १ लाख ५० हजार मासिक रुपैयाँ जुवा खेलाउनेले घुुमुवामार्फत बुझाउने गरेको स्रोत बताउँछ । घुमुवालाई मासिक ५० हजारको दररेट बुझाइ कटहरियामा खुलेआम जुवा खेल्ने खेलाउने गरिएको छ ।
त्यस्तै, घुमुवालाई घरखर्च भन्दै छुट्टै थप मासिक ५० हजार रुपैयाँ बुझाएर जुवा सञ्चालन गर्न दिइएको दाबी पनि स्रोतले गरेको छ । कटहरिया क्षेत्रमा नसरुद्धिन र कुशवाहा नामका व्यक्तिहरूले जुवा सञ्चालनका लागि यस्तो “दररेट प्रणाली” अपनाएको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयले खटाएका हवल्दार ध्रुव यादवले जुवा र तस्करीको सेटिङ व्यवस्थापन गरेको आरोपसमेत उठेको छ । मधेश प्रदेश प्रहरी कार्यालयबाट खटाइएका घुमुवा यादवमार्फत नै असुली र नेटवर्क सञ्चालन भइरहेको दाबी स्रोतको छ ।यी घुमुवाको उठौति पुठौति धन्दाले सिमा नाघेको रौतहटका बासिन्दा जयलाल यादब बताउँछन् ।
यस विषयमा मधेश प्रदेश प्रहरी कार्यालय प्रशासनमा कार्यरत इन्स्पेक्टर खेमप्रसाद नेपालको भूमिका पनि जोडेर आरोपहरू सार्वजनिक भएका छन् । स्रोतका अनुसार उनीकै समन्वयमा घुमुवा परिचालन र सरुवासम्बन्धी निर्णय प्रभावित हुने गरेको दाबी गरिएको छ ।
यसअघि पनि असुली र बदनाम गतिविधिमा संलग्न भएको आरोप लागेपछि हवल्दार ध्रुव यादवलाई गणमा तानिएको थियो । तर पछि पुनः रौतहटमै खटाइएपछि जुवा र तस्करी पुनः सक्रिय भएको आरोप छ ।
त्यसैगरी, मधेश प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाले कमाण्ड सम्हालेपछि घुमुवा व्यवस्थापनमा केही परिवर्तन भए पनि पुरानै नेटवर्क पुनः सक्रिय भएको आरोप स्रोतले गरेको छ ।चर्चित हनिट्र्याप काण्डमा मुछिएका एसएसपी कमल थापाले डिआइजी थपलियाको आँँखामा छारो हाल्दै व्यापक घुमुवा परिचालन गर्दै आर्थिक जोहोमा लागिपरेका सोर्तको दाबी छ।
यस प्रकरणमा एसएसपी कमल थापाले पूर्व तथा वर्तमान प्रहरी अधिकृतहरूको समन्वयमा घुमुवा प्रणालीमार्फत आर्थिक लाभ लिने र जिल्ला–जिल्लामा सरुवा तथा परिचालन प्रभावित पार्ने गरिएको गम्भीर आरोपसमेत सार्वजनिक भएको छ ।
समाज
थप सामाग्री-
सुधन गुरुङको प्रेस काउन्सिलमा उजुरी, ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै कारबाहीको माग
-
रवि लामिछानेमाथिका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको अनुमति, सहकारी ठगी मुद्दा यथावत
-
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
-
एसएसपी रमेश थापाद्वारा सरुवा भएका डिएसपीलाई स्वागत तथा बिदाइ
-
सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ शुभारम्भ
काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
११ घण्टा अगाडि
1.2kViews 445 Shares Share on Facebook Share on Twitter काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३”…



