

रवि लामिछानेमाथिका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको अनुमति, सहकारी ठगी मुद्दा यथावत
पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिएको छ।
शुक्रबार जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने यथावत राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर हटाउने निर्णयलाई सदर गरेको हो।
यो निर्णय तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले अभियोग संशोधन गर्ने निर्णयका आधारमा भएको हो। भण्डारीले लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग आवश्यक नदेखिएको निष्कर्षसहित अभियोग संशोधनको निर्णय गरेकी थिइन्।
उक्त निर्णयपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा निवेदन दर्ता गर्दै लामिछानेसहित प्रतिवादीहरूविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटाई सहकारी ठगी मुद्दा मात्रै कायम राख्न माग गरेको थियो। अदालतले सोही निवेदनमाथि सुनुवाइ गर्दै अभियोग संशोधनको निर्णयलाई अनुमोदन गरेको हो।
गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई, सञ्चालक छविलाल जोशीलगायतविरुद्ध दायर मुद्दामा पनि यही व्यवस्था लागू हुने भएको छ।
अदालतको आदेशमा पीडित बचतकर्ताले बिगो रकम फिर्ता पाउने प्रक्रिया सहज बनाउने उद्देश्यले ठगी मुद्दा कायम राखी अन्य अभियोग फिर्ता लिइएको उल्लेख गरिएको छ। आदेशअनुसार प्रतिवादी र जाहेरवालाबीच मिलापत्र तथा रकम फिर्ता प्रक्रियामा जटिलता नआओस् भन्ने आधारलाई पनि ध्यानमा राखिएको छ।
यससँगै लामिछानेविरुद्ध अब सहकारी ठगी सम्बन्धी मुद्दाको सुनुवाइ भने यथावत रूपमा अगाडि बढ्ने भएको छ।
समाज
थप सामाग्री-
सुधन गुरुङको प्रेस काउन्सिलमा उजुरी, ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै कारबाहीको माग
-
रवि लामिछानेमाथिका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको अनुमति, सहकारी ठगी मुद्दा यथावत
-
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
-
एसएसपी रमेश थापाद्वारा सरुवा भएका डिएसपीलाई स्वागत तथा बिदाइ
-
सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ शुभारम्भ
काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
९ घण्टा अगाडि
1.0kViews 445 Shares Share on Facebook Share on Twitter काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३”…



