सुधन गुरुङको प्रेस काउन्सिलमा उजुरी, ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै कारबाहीको माग

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफूविरुद्ध प्रकाशित समाचारलाई लिएर प्रेस काउन्सिल नेपालमा औपचारिक उजुरी दर्ता गराएका छन्।

शुक्रबार काउन्सिलमा दर्ता गरिएको उजुरीमा गुरुङले केही सञ्चारमाध्यमले तथ्यहीन र भ्रामक सामग्री प्रकाशन गरेर आफ्नो व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामाथि आघात पुर्‍याएको दाबी गरेका छन्।

केही दिनअघि विभिन्न अनलाइन माध्यममा प्रकाशित ‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै उनले उक्त सामग्री असत्य, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले प्रकाशित गरिएको बताएका छन्।

गुरुङले आफू पारिवारिक भ्रमणका क्रममा गएको घटनालाई तोडमोड गरी प्रस्तुत गरिएको आरोप लगाएका छन्। उनले समाचारमा उल्लेख गरिएका दाबीहरू निराधार रहेको जिकिर गर्दै सम्बन्धित सञ्चारमाध्यम तथा समाचार प्रकाशनमा संलग्न सञ्चारकर्मीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

उजुरीमा उनले प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम आवश्यक अनुसन्धान गरी दोषी ठहर हुने पक्षलाई कानुनअनुसार कारबाही तथा सजाय गर्न आग्रह गरेका छन्।

गुरुङले पत्रकारिताको आडमा व्यक्तिको चरित्रमाथि आक्रमण गर्ने, अपुष्ट सूचना प्रसारण गर्ने र जनमानसमा भ्रम सिर्जना गर्ने कार्यलाई निरुत्साहित गर्न नियामक निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने पनि उल्लेख गरेका छन्।

उनको उजुरीपछि सम्बन्धित समाचार र त्यसको पत्रकारितागत आचारसंहितासँगको सम्बन्धबारे प्रेस काउन्सिलले आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
९ घण्टा अगाडि

1.0kViews 445 Shares Share on Facebook Share on Twitter काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३”…

TOP
Shares